डलर साट्ने क्रममा ठगी
रामेछाप – नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्ने क्रममा एक व्यक्ती ठगिएका छन् । शनिबार रामेछापको राकाथुममा डलर साट्ने क्रममा एक व्यक्ति ठगिएका हुन् ।
खाँडादेवी गाउँपालिका-१ राकाथुमका दलबहादुर लामा र उनका साथीकाे मिलेमतोमा १ हजार अमेरिकी डलरमा नेपाली १ लाख रुपैया दिने भन्दै दैलेख ठाडीकाद गाउँपालिका-४ का प्रदीप कठायतलाई ठगी गरेका छन् । दैलेख देखि डलर साट्न रामेछाप आईपुगेका कठायतकाे ५ लाख ठगि भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापकाले जनाएको छ ।
कठायतलाई ६ हजार अमेरिकी डलर दिएर ५ लाख नेपाली रकम लिएर लामा फरार भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् । ठगी गरेर फरार भएका लामाले डलर भनेर नेपाली २० रुपैयाँको मुठो बनाई तलमाथि डलर राखेर बाँधेर दिएकाे रामेछापका प्रहरी प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
राकाथुमको खैरेनीघाट नजिक जंगलमा डलर साट्ने क्रममा लामाले पैसाकाे पोका अहिले नखोल्न भनेपछि उक्त पैसाकाे पाेकाे लिएर लिएर कठायत हिँडेको थिए । यसैक्रममा कठायतले बाटाेमा डलरकाे पाेका खाेलेर हेर्दा पाेकाेमा डरलकाे बिचमा नेपाली २० रुपैया राखेर बाधिएकाे देेखेपछि आफू ठगिएको भन्दै कठायतले उजुरी दिएकाे प्रहरीले जनाएको छ । ठगीमा संलग्न लामा र उनका साथिकाे खाेजि भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस