डलर साट्ने क्रममा ठगी
रामेछाप – नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्ने क्रममा एक व्यक्ती ठगिएका छन् । शनिबार रामेछापको राकाथुममा डलर साट्ने क्रममा एक व्यक्ति ठगिएका हुन् ।
खाँडादेवी गाउँपालिका-१ राकाथुमका दलबहादुर लामा र उनका साथीकाे मिलेमतोमा १ हजार अमेरिकी डलरमा नेपाली १ लाख रुपैया दिने भन्दै दैलेख ठाडीकाद गाउँपालिका-४ का प्रदीप कठायतलाई ठगी गरेका छन् । दैलेख देखि डलर साट्न रामेछाप आईपुगेका कठायतकाे ५ लाख ठगि भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापकाले जनाएको छ ।
कठायतलाई ६ हजार अमेरिकी डलर दिएर ५ लाख नेपाली रकम लिएर लामा फरार भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् । ठगी गरेर फरार भएका लामाले डलर भनेर नेपाली २० रुपैयाँको मुठो बनाई तलमाथि डलर राखेर बाँधेर दिएकाे रामेछापका प्रहरी प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
राकाथुमको खैरेनीघाट नजिक जंगलमा डलर साट्ने क्रममा लामाले पैसाकाे पोका अहिले नखोल्न भनेपछि उक्त पैसाकाे पाेकाे लिएर लिएर कठायत हिँडेको थिए । यसैक्रममा कठायतले बाटाेमा डलरकाे पाेका खाेलेर हेर्दा पाेकाेमा डरलकाे बिचमा नेपाली २० रुपैया राखेर बाधिएकाे देेखेपछि आफू ठगिएको भन्दै कठायतले उजुरी दिएकाे प्रहरीले जनाएको छ । ठगीमा संलग्न लामा र उनका साथिकाे खाेजि भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस