मन्थली एर्पाेटमा झगडा गर्ने दुई पाइलटकाे लाइसेन्स निलम्बन
रामेछाप – रामेछाप जिल्लाकाे सदरमुकाम मन्थलीमा रहेकाे विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ । तारा एयरका पाइलटहरु सन्ताेष शाह र सञ्जीव श्रेष्ठकाे लाइसेन्स निलम्बन भएकाे हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठले मन्थली एयर्पाेटमा झगडा गरेका थिए । पाइलट द्वाेय शाह र श्रेष्ठले प्राधिकरणकाे राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त विषयमा थप छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेरकाे र दुवै पाइलटलाई अर्काे निर्णय नभएसम्म हालका लागि जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको छ ।
लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस