मन्थली एर्पाेटमा झगडा गर्ने दुई पाइलटकाे लाइसेन्स निलम्बन
रामेछाप – रामेछाप जिल्लाकाे सदरमुकाम मन्थलीमा रहेकाे विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ । तारा एयरका पाइलटहरु सन्ताेष शाह र सञ्जीव श्रेष्ठकाे लाइसेन्स निलम्बन भएकाे हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठले मन्थली एयर्पाेटमा झगडा गरेका थिए । पाइलट द्वाेय शाह र श्रेष्ठले प्राधिकरणकाे राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त विषयमा थप छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेरकाे र दुवै पाइलटलाई अर्काे निर्णय नभएसम्म हालका लागि जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको छ ।
लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस