रामेछापका धरोहर घिमिरेको आज १० ओैं स्मृति दिवस
रामेछाप – रामेछाप जिल्लाका धराेहरका रुपमा ख्याति कमाएका जगदीश घिमिरेको १० ओैं स्मृति दिवस मनाइएको छ । स्मृति दिवस मंगलबार मन्थलीमा तामाकोसी सेवा समिति रामेछापले आयाेजना गरेकाे हाे ।
तामाकोसी सेवा समितिका संस्थापक समेत रहेका बरिस्ठ साहित्यकार,पत्रकार एबं समाजसेवी घिमिरेको १० औँ स्मृति दिवसमा सहभागीहरुले घिमिरेले जिल्लाकाे विकासमा पुर्याएकाे याेगदानका विषयमा चर्चा गरिएकाे थियाे । त्यस्तै घिमिरेद्वारा लिखित पुस्तकहरुकाे समेत व्याख्या गरिएकाे थियाे । त्यसैगरि घिमिरे बाल्यकाल तथा जीवनशैलीका पनि चर्चा गरेर घिमिरेलाई स्मरण गरिएको थियाे ।
स्मृति दिवस तामाकोसी सेवा समिति रामेछापका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गाेविन्द घिमिरे ,अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सुमन कर्माचार्य ,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे , तामाकोसी सेवा समिति, मन्थली बचत ,अस्पतालमा संचालक तथा कर्मचारीहरु ,पत्रकार तथा स्थानियहरुकाे उपस्थित रहेकाे थियाे । सहभागीहरले स्वर्गीय घिमिरे तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए ।

स्वर्गीय जगदीश घिमिरेकाे जन्म २००२ साल चैत्र २८ गते भएकाे हाे भने उनकाे देहावसान २०७० कार्तिक १४ गते भएकाे थियो । उनी मन्टिपल माइलोमा क्यान्सर रोगबाट पिडित थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस