रामेछापमा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सुरु
रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा साताव्यापी ट्राफिक सचेतता कार्यक्रम सुरु भएकाे छ । चाडपर्वमा हुने ट्राफिक चामलाई सहजिकरण गर्नका लागि सचेतना कार्यक्रम सुरु भएकाे छ ।
मन्थली नगरपालिका वडा नम्बर १ काे सहयाेगमा जिल्ला ट्राफिक कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र मन्थलीकाे आयाेजनामा साेमबारबाट ट्राफिक सप्ताह सुरु भएकाे हाे ।
मन्थलीकाे देवकोटा चाेकमा साेमबारबाट सुरु भएकाे उक्त कार्यक्रम फुलपातीकाे दिनसम्म संचालन हुने आयाेजकले जानकारी दिए ।
ट्राफिक सप्ताह शुभारम्भ गर्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले ट्राफिक नियम भनेकाे स्वअनुशासन भएकाे बताएका छन् । ट्राफिक नियमलाई स्वअनुशासनकाे रुपमा पालना गरे दुर्घटना कम हुने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले ट्राफिक सप्ताह कार्यक्रमले ट्राफिक नियमबारे सचेतना फैलाउन सहयाेग पुग्ने बताईन ।
कार्यक्रमकाे शुभारम्भमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी अनिता निराैला, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम बहादुर पराजुली , जिल्ला ट्राफिक प्रमुख दिपक चाैलागाई ,सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगाएकाे सहभागी रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस