लागु ओैषधविरुद्ध लालटिन अभियान सुरु
काठमाडौ – लागुऔषधविरुद्धको लालटिन अभियान उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा शुभारम्भ गरिएकाे छ । बिहीबार एक कार्यक्रमका साथ कर्णाली प्रदेशमा लागुऔषध विरुद्धकाे अभियान शुभारम्भ भएकाे हाे ।
लागुओैषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुगिरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले लागुओैषधका विरुद्ध सिंगो समाज एकजुट हुनुपर्ने बताए । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा लालटिन अभियानकाे शुभारम्भ गर्दै उपप्रधानमन्त्री खड्काले सबैको साझा संकल्प र प्रयत्नबाट मात्र लागुऔषध नियन्त्रण गर्न सकिने बताएका हुन ।
त्यसैगरी उपप्रधानमन्त्री खड्काले सीमा नाकामा हुने लागुऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन । संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्वपूर्ण भूमिका हुनेहुदा त्यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह समेत गरेका छन ।
उपप्रधानमन्त्री खड्काले लागुऔषधको दुर्वेसनमा १६ देखि २६ वर्ष उमेर समूहका युवाहरु धेरै प्रभावित हुने तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस