लागु ओैषधविरुद्ध लालटिन अभियान सुरु
काठमाडौ – लागुऔषधविरुद्धको लालटिन अभियान उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा शुभारम्भ गरिएकाे छ । बिहीबार एक कार्यक्रमका साथ कर्णाली प्रदेशमा लागुऔषध विरुद्धकाे अभियान शुभारम्भ भएकाे हाे ।
लागुओैषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुगिरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले लागुओैषधका विरुद्ध सिंगो समाज एकजुट हुनुपर्ने बताए । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा लालटिन अभियानकाे शुभारम्भ गर्दै उपप्रधानमन्त्री खड्काले सबैको साझा संकल्प र प्रयत्नबाट मात्र लागुऔषध नियन्त्रण गर्न सकिने बताएका हुन ।
त्यसैगरी उपप्रधानमन्त्री खड्काले सीमा नाकामा हुने लागुऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन । संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्वपूर्ण भूमिका हुनेहुदा त्यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह समेत गरेका छन ।
उपप्रधानमन्त्री खड्काले लागुऔषधको दुर्वेसनमा १६ देखि २६ वर्ष उमेर समूहका युवाहरु धेरै प्रभावित हुने तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस