संविधान दिवसमा विविध कार्यक्रम
रामेछाप- आठौं संविधान दिवसका अवसरमा रामेछापमा विविध कार्यक्रम भएका छन् । रामेछापमा दिवसका अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रम गरिएकाे छ।
संविधान दिवसका मनाउने सन्दर्भमा भदौ २९ गतेदेखि नै विविध कार्यक्रमहरु संचालन भएका छन् । यसैक्रममा यहि भदौ २९ र ३० मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो । त्यस्तै भदौ २९ गते शान्तिको भव सकारात्मक विचार कार्यक्रम गरिएकाे थियाे । साेहि दिन मैत्रीपूर्ण भलिबल प्रतियोगिता र असोज २ गते बिहान मन्थलीमा रक्तदान कार्यक्रम भएको थियो । संविधान दिवसलाई भव्यताका साथ मनाउन आयोजना गरिएको सबै कार्यक्रममा सरोकारवाला निकाय तथा सर्वसाधारणकाे उत्साह जनक सहभागिता रहेकाे थियाे ।
त्यसैगरि संविधान दिवसका दिन अर्थात असाेज ३ गते विहान मन्थली माविबाट निकालिएको प्रभात फेरी तिनलाल पार्कमा पुगेर ओैपचारीक कार्यक्रममा परिणत भएकाे थियाे । साे कार्यक्रममा विभिन्न जातजाति ,धर्म तथा संस्कृति झल्कने झाकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियाे ।
उक्त कार्यक्रममा वाग्मती प्रदेश सदस्यहरू तारानारायण श्रेष्ठ, युवराज चौलागाईँ,आनन्द कुमार श्रेष्ठ,जिल्ला समन्वय समिति प्रमुख चिना कार्की,मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ लगायतले सुभकामना राखेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी अनिता निराेैलाकाे अध्यक्षतामा भएकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस