कृष्णा जन्माष्टमीकाे अवसरमा गुन्सिमा नवनिर्मित कृष्ण मन्दिर उत्घाटन
रामेछाप – सुनापति गाउँपालिका १ गुन्सिकाे अर्चले चाैरमा नवनिर्मित कष्ण मन्दिर उत्घाटन गरिएकाे छ । कष्णा जन्माष्टमीकाे अवसर पारेर उक्त मन्दिरकाे उत्घाटन गरिएकाे हाे ।
उक्त नवनिर्मित कृष्णा मन्दिरका लागि नेपाली कांग्रेस रामेछापका आमन्त्रित सदस्य खनियापानि निवासी रमेश खड्काले राधाकृष्णकाे मुर्ति , गजुर र घण्टी उपलब्ध गराएका थिए । मन्दिर पालिकाकाे ५ लाख अनुदानमा निर्माण भएकाे हाे ।

मन्दिर उत्घाटन कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष ठुलाेकान्छा तामाङले गाउँमा सबै धर्म मान्ने मानिसहरु बसाेबास गर्ने भएकाले सबै धर्मलाइ सम्मान गर्नु पर्ने बताएका थिए । उनले धर्मले मानिसलाई अनुशासित बनाउनुका साथै समाजमा सामाजिक सहिष्णुता साथै सद्भाव कायम राख्न मद्दत गर्ने बताए ।
नवनिर्मित मन्दिर उत्घाटन पछि मन्दिरमा दर्शनार्थीहरुकाे घुइँचो लागेकाे थियाे । गाउमै कृष्ण मन्दिर बनेपछि स्थानियहरु हर्षित देखिन्थे । दर्शनका लागि आएका भक्तजनलाइ वडाले फलफुल तथा चियापानकाे व्यवस्था मिलाइएको साेही वडाका अध्यक्ष ध्रुवर चाैलागाईले जानकारी दिए ।
सुनापति १ गुन्सिका अध्यक्ष ध्रुव चाैलागाईकाे अध्यक्षमा भएकाे कार्यक्रममा पालिकाका अध्यक्ष ठुलाेकान्छा तामाङकाे प्रमख आतिथ्यता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस