कृष्णा जन्माष्टमीकाे अवसरमा गुन्सिमा नवनिर्मित कृष्ण मन्दिर उत्घाटन
रामेछाप – सुनापति गाउँपालिका १ गुन्सिकाे अर्चले चाैरमा नवनिर्मित कष्ण मन्दिर उत्घाटन गरिएकाे छ । कष्णा जन्माष्टमीकाे अवसर पारेर उक्त मन्दिरकाे उत्घाटन गरिएकाे हाे ।
उक्त नवनिर्मित कृष्णा मन्दिरका लागि नेपाली कांग्रेस रामेछापका आमन्त्रित सदस्य खनियापानि निवासी रमेश खड्काले राधाकृष्णकाे मुर्ति , गजुर र घण्टी उपलब्ध गराएका थिए । मन्दिर पालिकाकाे ५ लाख अनुदानमा निर्माण भएकाे हाे ।

मन्दिर उत्घाटन कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष ठुलाेकान्छा तामाङले गाउँमा सबै धर्म मान्ने मानिसहरु बसाेबास गर्ने भएकाले सबै धर्मलाइ सम्मान गर्नु पर्ने बताएका थिए । उनले धर्मले मानिसलाई अनुशासित बनाउनुका साथै समाजमा सामाजिक सहिष्णुता साथै सद्भाव कायम राख्न मद्दत गर्ने बताए ।
नवनिर्मित मन्दिर उत्घाटन पछि मन्दिरमा दर्शनार्थीहरुकाे घुइँचो लागेकाे थियाे । गाउमै कृष्ण मन्दिर बनेपछि स्थानियहरु हर्षित देखिन्थे । दर्शनका लागि आएका भक्तजनलाइ वडाले फलफुल तथा चियापानकाे व्यवस्था मिलाइएको साेही वडाका अध्यक्ष ध्रुवर चाैलागाईले जानकारी दिए ।
सुनापति १ गुन्सिका अध्यक्ष ध्रुव चाैलागाईकाे अध्यक्षमा भएकाे कार्यक्रममा पालिकाका अध्यक्ष ठुलाेकान्छा तामाङकाे प्रमख आतिथ्यता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस