मन्थलीमा पहिलोपटक साताव्यापी गाईजात्रा कार्यक्रम हुँदै
रामेछाप – रामेछापकाे सदरमुकाम मन्थलीमा पहिलाेपटक गाईजात्रा कार्यक्रम संचालन हुने भएकाे छ । उक्त कार्यक्रम मन्थलीमा बसाेबास गर्ने नेवार समुदायको सकृयतामा संचालन हुन लागेकाे हाे ।
गाईजात्राकाे अवसरमा यहि भाद्र १४ गते जनैपूणिर्मा देखि २१ गते कृष्णअष्टमी सम्म मन्थली बजारमा गाईजात्राकाे विविध कार्यक्रम हुने भएकाे छ । कार्यक्रममा तासा निकाल्ने ,लाखेनाच, हिलेजात्रा ,कृष्णरथ यात्रा,लाखे मार्ने लगाएतकाे प्रस्तुति प्रस्तुत गरिने आयाेजकले जनाएकाे छ । यस कार्यक्रमकाे तयारी तिब्र रुपमा भैरहेकाे आयाेजकले जानकारी दिएकाे छ । कार्यक्रमकाे ५ हजार भन्दा बढिले अवलाेकन गर्ने अनुमान गरिएकाे छ ।
नेवार समुदायको भाषा, धर्म, संस्कृति र रहनसहनलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उदेश्यले कार्यक्रमकाे तयारी गरिएकाे नेवा खल रामेछापका नेता शेखर श्रेष्ठले बताए । नेवार समुदायको संस्कृति लाेभ हुँदै गएकाे र संरक्षणकाे आवस्यकता भएकाले यस्ताे कार्यक्रमहरुलाई जाेड दिनुपर्ने देखिएकाले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे श्रेष्ठले बताए । यसैगरी नेवारी नेवारी भाषा, बाजा तथा झाकी लगाएकाे तालिम समेत केही समयदेखि मन्थलीमा संचालन भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आर्थिक रुपमा महिला सबल हुनसके हिंसा न्यूनिकरण हुन्छ
- २ वृद्धकाे हत्या गरेर फरार युवा २४ घण्टा नबित्दै पक्राउ
- ३ निर्वाचनमा काम गर्नेलाई रोज्नुहोस् : मुख्यमन्त्री बानियाँ
- ४ निःशुल्क आयुर्वेदिक उपचार शिविरमा सुनापतिका २ सयले जनाले दिए स्वास्थ्य सेवा
- ५ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- ६ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ७ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ८ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने















प्रतिक्रिया दिनुहोस