मन्थलीमा पहिलोपटक साताव्यापी गाईजात्रा कार्यक्रम हुँदै
रामेछाप – रामेछापकाे सदरमुकाम मन्थलीमा पहिलाेपटक गाईजात्रा कार्यक्रम संचालन हुने भएकाे छ । उक्त कार्यक्रम मन्थलीमा बसाेबास गर्ने नेवार समुदायको सकृयतामा संचालन हुन लागेकाे हाे ।
गाईजात्राकाे अवसरमा यहि भाद्र १४ गते जनैपूणिर्मा देखि २१ गते कृष्णअष्टमी सम्म मन्थली बजारमा गाईजात्राकाे विविध कार्यक्रम हुने भएकाे छ । कार्यक्रममा तासा निकाल्ने ,लाखेनाच, हिलेजात्रा ,कृष्णरथ यात्रा,लाखे मार्ने लगाएतकाे प्रस्तुति प्रस्तुत गरिने आयाेजकले जनाएकाे छ । यस कार्यक्रमकाे तयारी तिब्र रुपमा भैरहेकाे आयाेजकले जानकारी दिएकाे छ । कार्यक्रमकाे ५ हजार भन्दा बढिले अवलाेकन गर्ने अनुमान गरिएकाे छ ।
नेवार समुदायको भाषा, धर्म, संस्कृति र रहनसहनलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उदेश्यले कार्यक्रमकाे तयारी गरिएकाे नेवा खल रामेछापका नेता शेखर श्रेष्ठले बताए । नेवार समुदायको संस्कृति लाेभ हुँदै गएकाे र संरक्षणकाे आवस्यकता भएकाले यस्ताे कार्यक्रमहरुलाई जाेड दिनुपर्ने देखिएकाले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे श्रेष्ठले बताए । यसैगरी नेवारी नेवारी भाषा, बाजा तथा झाकी लगाएकाे तालिम समेत केही समयदेखि मन्थलीमा संचालन भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस