माझी उत्थान संघकाे मन्थलीमा संगठन विस्तार

रामेछाप – नेपाल माझी उत्थान सङ्घ रामेछापले मन्थली नगरपालिकाकाे सबै वडामा आफ्नो सङ्गठन विस्तार गरेकाे छ । संघले जिल्लाका सम्पुर्ण माझी समुदायहरूलाई सङ्गठित गर्ने उद्देश्यले मन्थलीबाट संगठन विस्तारकाे काम सुरु गरेकाे हाे ।
संघले माझी जातिको राजनीतिक, आर्थिक सांस्कृतिक र सामाजिक रुपमा एकताबद्ध बनाउने उद्देश्यले मन्थलीबाट सुरुगरेकाे संगठन विस्तार अन्तर्गत नगरमा सबै वडामा संगठन विस्तारकाे काम सम्पन्न गरेकाे नेपाल माझी उत्थान काठमाडौँ रामेछाप सम्पर्क समितिका अध्यक्ष बालकृष्ण माझीले जानकारी दिएका छन् । यश अभियानलाई वडा मार्फत पालिका र पालिका पछि अभियानलाई जिल्लाभर सञ्चालन गर्नै अध्यक्ष माझीले जानकारी दिए ।
मन्थली नगरपालिकाकाे संगठन विस्तार अभियान सकिएसँगै अभियानका विषयमा एक कार्यक्रमकाे आयाेजना गरि अध्यक्ष बालकृष्ण माझीले जानकारी दिएका हुन । उक्त कार्यक्रममा नेपाल माझी उत्थान सङ्घ जिल्ला शाखा रामेछापका वरिष्ठ उपाध्यक्ष मनोज माझी र सचिव मञ्जु माझी तथा जिल्ला समितिका पदाधिकारी लगायतका माझी अगुवाहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस