माझी उत्थान संघकाे मन्थलीमा संगठन विस्तार
रामेछाप – नेपाल माझी उत्थान सङ्घ रामेछापले मन्थली नगरपालिकाकाे सबै वडामा आफ्नो सङ्गठन विस्तार गरेकाे छ । संघले जिल्लाका सम्पुर्ण माझी समुदायहरूलाई सङ्गठित गर्ने उद्देश्यले मन्थलीबाट संगठन विस्तारकाे काम सुरु गरेकाे हाे ।
संघले माझी जातिको राजनीतिक, आर्थिक सांस्कृतिक र सामाजिक रुपमा एकताबद्ध बनाउने उद्देश्यले मन्थलीबाट सुरुगरेकाे संगठन विस्तार अन्तर्गत नगरमा सबै वडामा संगठन विस्तारकाे काम सम्पन्न गरेकाे नेपाल माझी उत्थान काठमाडौँ रामेछाप सम्पर्क समितिका अध्यक्ष बालकृष्ण माझीले जानकारी दिएका छन् । यश अभियानलाई वडा मार्फत पालिका र पालिका पछि अभियानलाई जिल्लाभर सञ्चालन गर्नै अध्यक्ष माझीले जानकारी दिए ।
मन्थली नगरपालिकाकाे संगठन विस्तार अभियान सकिएसँगै अभियानका विषयमा एक कार्यक्रमकाे आयाेजना गरि अध्यक्ष बालकृष्ण माझीले जानकारी दिएका हुन । उक्त कार्यक्रममा नेपाल माझी उत्थान सङ्घ जिल्ला शाखा रामेछापका वरिष्ठ उपाध्यक्ष मनोज माझी र सचिव मञ्जु माझी तथा जिल्ला समितिका पदाधिकारी लगायतका माझी अगुवाहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस