आज रातिदेखि धरानमा निशेधाज्ञा लागुहुने
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज राति १२ बजे देखि भोली भाद्र ९ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लागू गर्ने भएकाे छ । केही समयदेखि धरानमा धार्मिक तथा सांस्कृतिक विवाद चर्किदै आएकाले रातिदेखि निशेधाज्ञा लागू गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आज एक सुचना जारी गर्दै उक्त निशेधाज्ञा जारी गरेकाे हाे । धरानमा पछिल्लो चर्किएको धार्मिक तथा सास्कृतीक विवादले शान्ति सुरक्षामा गम्भिर असर पर्ने देखिएपछि प्रशासनले निशेधाज्ञा जारी गरकाे सुचनामा उल्लेख गरिएकाे छ ।
पहिचानबादीहरुले सार्वजनिक रुपमा गोरु भोज गरेपछि हिन्दु धर्म सम्बद्ध पक्षले भोली ९ गते धरानमा कार्यक्रम राखेको थियो । धरानमा गौ रक्षाका लागि हुने कार्यक्रममा धरानबाहिरबाट समेत सहभागि हुने र धरानमा मुडभेटको अबस्था आउन सक्ने भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले धरान भित्र हिडडुल गर्न परे स्थानिय प्रशासनको स्वीकृती लिनु पर्ने भन्दै धरान प्रबेश गर्ने चार वटै नाका शिल गरेको छ । चतराबाट धरान आउने झण्डा चौक,नहडा,पानीपिया तथा भेडेटार क्षेत्रबाट आजराती १२ बजे देखि धरान प्रबेश गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यसैविच शुक्रबार धरानका राजनैतिक दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र सम्बादका माध्यमबाट समस्या समाधान गर्न सबैपक्षलाई आग्रह समेत गरेका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस