पालिकाकाे सार्वजनिक सुनुवाइ वडा अध्यक्षहरुद्वारा बहिस्कार

रामेछाप – मन्थली नगरपालिकाले शुक्रवार आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाका दश वटा वडाका अध्यक्षहरुले बहिष्कार गरेका छन् । सार्वजनिक सुनुवाइकाे जानकारी नभएकाे भन्दै वडा अध्यक्षले कार्यक्रम बहिस्कार गरेका हुन् ।
सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु अघि मन्थली नगरपालिकाको वैठक बस्दा केही वडाका अध्यक्षहरु मात्रै सहभागी भएका थिए । अध्यक्षहरु वैठकमा अनुपस्थित हुँदाहुँदै पनि मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको थियो । पालिकाले गरेको उक्त निर्णय आफुहरुलाई जानकारी नभएको भन्दै बहुमत वडा अध्यक्षहरुले उक्त कार्यक्रम बहिष्कार गरेका बताएका छन् । उक्त कार्यक्रममा ३, ८,९ र १४ वडा अध्यक्ष भने उपस्थितत भएका थिए । त्यस बाहेकका अन्य १० वटा वडाका अध्यक्षहरू उपस्थित थिएनन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगर भित्रका जिम्मेवार वक्ताहरु नै अनुपस्थित नभएपछि ४ वडाका अध्यक्ष, कार्यालयमा भएका कर्मचारीहरु र न्यून सहभागीतामा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले शुक्रवार विहान ११ बजेदेखी कार्यालयको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भन्ने सूचना फेसवुक पेज र केही स्थानिय रेडियो मार्फत सूचना जारी गरेको थियो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दिएका थिए । उनले वडा नं १३ फुलासीका वडा अध्यक्ष नवराज थापामगरले आफु अस्वस्त भएका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताए । त्यसवाहेक अन्य बहुमत वडा अध्यक्ष किन उपस्थित हुनु भएन । यसबारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै वडा अध्यक्ष अनुपस्थित हुनु स्वंय अध्यक्षहरुकै बिषय भएको भन्दै प्रमुख श्रेष्ठ पन्छिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको २०७९ साउन देखी ०८० असार २८ गतेसम्म विकास निमार्णमा भएको खर्च र प्रगतीको वारेमा प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस