पालिकाकाे सार्वजनिक सुनुवाइ वडा अध्यक्षहरुद्वारा बहिस्कार
रामेछाप – मन्थली नगरपालिकाले शुक्रवार आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाका दश वटा वडाका अध्यक्षहरुले बहिष्कार गरेका छन् । सार्वजनिक सुनुवाइकाे जानकारी नभएकाे भन्दै वडा अध्यक्षले कार्यक्रम बहिस्कार गरेका हुन् ।
सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु अघि मन्थली नगरपालिकाको वैठक बस्दा केही वडाका अध्यक्षहरु मात्रै सहभागी भएका थिए । अध्यक्षहरु वैठकमा अनुपस्थित हुँदाहुँदै पनि मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको थियो । पालिकाले गरेको उक्त निर्णय आफुहरुलाई जानकारी नभएको भन्दै बहुमत वडा अध्यक्षहरुले उक्त कार्यक्रम बहिष्कार गरेका बताएका छन् । उक्त कार्यक्रममा ३, ८,९ र १४ वडा अध्यक्ष भने उपस्थितत भएका थिए । त्यस बाहेकका अन्य १० वटा वडाका अध्यक्षहरू उपस्थित थिएनन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगर भित्रका जिम्मेवार वक्ताहरु नै अनुपस्थित नभएपछि ४ वडाका अध्यक्ष, कार्यालयमा भएका कर्मचारीहरु र न्यून सहभागीतामा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले शुक्रवार विहान ११ बजेदेखी कार्यालयको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भन्ने सूचना फेसवुक पेज र केही स्थानिय रेडियो मार्फत सूचना जारी गरेको थियो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दिएका थिए । उनले वडा नं १३ फुलासीका वडा अध्यक्ष नवराज थापामगरले आफु अस्वस्त भएका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताए । त्यसवाहेक अन्य बहुमत वडा अध्यक्ष किन उपस्थित हुनु भएन । यसबारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै वडा अध्यक्ष अनुपस्थित हुनु स्वंय अध्यक्षहरुकै बिषय भएको भन्दै प्रमुख श्रेष्ठ पन्छिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको २०७९ साउन देखी ०८० असार २८ गतेसम्म विकास निमार्णमा भएको खर्च र प्रगतीको वारेमा प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस