स्थानियकाे बिचल्ली पारेर प्रतिवेदन पर्खिदै आयाेजना

रामेछाप – दुगड ग्रुपले संचालन गरेकाे ग्लाेबल हाइड्रोपावर लिखु २ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि आयोजना क्षेत्रका स्थानीयकाे बिचल्ली भएकाे छ । उक्त आयाेजनाकाे सुरुङ क्षेत्रमा १०७ घर रहेका छन् जसमध्ये १३ घर उच्च जाेखिममा परेकाे छन् भने ४२ घर सामान्यमा जाेखिम रहेकाे छ ।
विद्युत आयाेजनले गरकाे बेवास्ता र लापरबाहीले गर्दा उक्त क्षेत्रका स्थानियहरु आन्दाेलित भएका छन् । आन्दाेलित भएका स्थानियहरु आफ्नाे माग पूरा गर्न माग गर्दै आइतबार मन्त्रालय पुगेका थिए । मन्त्रालय पुगेका स्थानिय पिडित पशुराम बस्नेतले भने “विद्युत आयाेजनाका कारण हाम्राे बिचल्ली भयाे आफ्नाे घरमा आफेै बस्न नसक्ने अवस्था छैन ।”उनले भने बर्षातकाे समय भएकाले थप जाेखिम बढ्दै गएकाे छ, हामीलाई तत्काल सुरक्षीत स्थानमा स्थानतरण गरियाेस ।
यश विषयमा यता आयाेजनाका निर्देशक सम्राट दुगड र आयाेजनाका अध्यक्ष माेलिलाल दुगडले भने टनेलबाट पानी नचुहिएको र यश विषयमा विज्ञहरुकाे टाेलिकाे प्रतिवेदन आएपछि मात्र समस्या पहिचान हुने हुदा प्रतिवेदन नआएसम्म के गर्ने भन्नेकुरा भन्न सकिने बताए ।
यसेै सन्दर्भमा आइतबार उर्जा , विद्युत तथा जलस्राेत मन्त्रालयमा उर्जा मन्त्री शक्ति बस्नेतकाे उपस्थितिमा छलफल भएकाे थियाे । छलफलमा उर्जा सचिव दिनेश कुमार घिमिरेले आयाेजनबाट अत्यन्त प्रभावितलाई उचित क्षेतिपुर्तिकाे व्यवस्था गर्न आग्रह गरेका छन् । त्यसैगरि स्थानिय र जनप्रतिनिधिलाइ पनि आयाेजना संचालनमा सहयाेग गर्न अनुराेध गरे । त्यसैगरि आयाेजनाकाे परिक्षण अवधिभर जाेखिमकाे अवस्थाका बारेमा निरक्षण तथा अनुगमन गर्न पिडित स्थानियकाे प्रतिनिधि सहित ५ जनाकाे टाेलि गठन गर्ने जानकारी दिए ।
रामेछापका संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम) काे पहलमा भएकाे छलफलमा स्थानिय पिडित,प्रभावित वडाका वडाअध्यक्ष, प्रभावित गाउँपालिका उमाकुण्डका अध्यक्ष, उपाध्यक्ष , रामेछापका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख , जिल्ला समन्वय प्रमुख ,रामेछाप र साेलुखुम्बुका प्रदेश सांसद लगाएतले कुरा राखेका थिए ।
छलफलमा विद्युत आयाेजनाले प्रशासन, स्थानिय सरकार ,जनप्रतिनिधि र दलिय संयन्त्रसँग समन्वयनै नगरि काम गरेकाे र सामाजिक उत्तरदायित्व र स्थानिय समस्या समाधानमा पनि कुनै चासाे नदेखाएको आराेप लगाएका थिए ।
उक्त विषयमा यसअघि जिल्लामा पनि संघिय सांसद, जिल्ला समन्वय र जिल्ला प्रशासनले पटक- पटक छलफल र समस्या समाधानकाे पहल गर्दा पनि विद्युत आयाेजनाले अटेर गरेपछि याे विषय मन्त्रालय सम्म आइपुगेको प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले जानकारी दिइन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस