अगुवा महिलाकाे क्षमता र आर्थिक विकासका लागि कार्याशाला गाेष्ठी
रामेछाप । रामेछाप युनेस्को संगी शिक्षाकाे आयाेजनामा महिलाहरुकाे क्षमता र आर्थिक विकासका लागि एकदिने कार्याशाला गाेष्ठी कार्यक्रम शुक्रबार धाेविमा सम्पन्न भएकाे छ ।
लिखु तामाकोसी गाउँपालिका ५ काे सहयाेगमा युनेस्को रामेछापले अगुवा महिलाहरुका लागि क्षमता र आर्थिक विकास सम्बन्धि एकदिने कार्याशाला काेष्ठीकाे आयाेजना गरेकाे हाे ।
वडाका अगुवा महिलाहरूकाे क्षमता अभिवृद्धि गरि सशक्त बनाउदै आर्थिक उपार्जनमा टेवा पुर्याउने उद्देश्य उक्त कार्यशाला काेष्ठीकाे आयाेजना युनेस्को रामेछापकी अध्यक्ष कल्पना खड्काले बताइन् ।
गाेष्ठीमा वडाका विभिन्न संघसंस्था तथा पेशा व्यवसाय गरिरहेका महिलाहरूकाे क्षमता र आर्थिक विकासका लागि आवस्यक पर्ने सिप, क्षमता र आत्मविश्वास अभिवृद्धिका साथै लैंगिक हिंसाबाट बच्न महिलाहरुले अपनाउनु पर्ने सावधानीका साथै कानुनी व्यवस्थाका विषयमा जानकारी गराइएकाे थियाे ।
कार्यक्रममा युनेस्काे रामेछाकी अध्यक्ष कल्पना खड्का, ईलाका प्रहरी कार्यालयका निमित्त इन्चार्द निरज पुरी, पत्रकार एंव अधिकारकर्मी ज्ञानु श्रेष्ठले सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा लिखु तामाकोसी गाउपालिका ५ का अध्यक्ष राेम बहादुर तामाङले महिलाहरुमा हिंसा सम्बन्धि कानुननी ज्ञान र सचेतनाकाे अभाव भएका कारण विभिन्न किसिमकाे हिंसाहरु हुने गरेकाले महिलाहरु आफै जागरुक र सशक्त हुन पर्ने बताए ।
कार्यक्रम रामेछाप युनेस्काे संगी शिक्षाकि अध्यक्ष कल्पना खड्काकाे अध्यक्षता तथा लिखुतामाकाेसी ५ का वडा अध्यक्ष राेम बहादुर तामाङ्काे प्रमुख अतित्थ्यतामा भएकाे थियाे ।
| ReplyForward |
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस