याेग दिवसमा विविध कार्यक्रम
रामेछाप – ९ ओैं अन्तराष्ट्रिय याेग दिवस विविध कार्यक्रम गरि मनाइएको छ । “बसुधैव कुटुम्बकम् का लागी योग”भन्ने मुल नारा सहित विभिन्न कार्यक्रम गरि याेग दिवस मनाइएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले याेग जीवनका लागि अतिआवस्यक कुरा भएकाे बताए । याेगलाई निरन्तरता दिन सके स्वस्थ हुनुका साथै सकारात्मक उर्जा प्राप्त गर्न सकिने भएकाले जीवन शैली बदल्न तथा सुधार्नका लागि पनि याेग आवस्यक रहेकाे बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले याेग , ध्यानले मानिसकाे नकारात्मक कुराहरु हटाउने र सकारात्मक हुन सगाउने हुदा याेगलाई निरन्तरता दिनु पर्ने बताइन् ।

दिवसका अवसरमा बुधबार मन्थलीमा जिल्ला आयुर्वेद अस्पतालबाट याेगका विषयमा लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरि ब्रह्माकुमारी राजयाेग केन्द्रसम्म र्याली निकालिएकाे थियाे । त्यसपछि याेग केन्द्रमा सहभागीहरुलाइ याेगका नियम , तरिका तथा आशन सिकाइएकाे थियाे । दिवसका अवसरमा एकसाता अघिदेखि याेग अभ्यास,रक्तदान कार्यक्रम लगाएत विभिन्न कार्यक्रमहरु गरेका थियाे ।
जिल्ला स्तरिय मुल समारोह समितिको आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,ब्रह्माकुमारी राजयोग केन्द्र,पतञ्जलि योग समिति र जीवन विज्ञान बाग्मती प्रदेश परिषद्को सहकार्यमा योग दिवस मनाइएको हो ।


क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस