• काेसिस न्यूज
  • अतिरिक्त हुलाक कर्मचारी आन्दाेलित


    रामेछाप – नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेकोमा विरोध जनाउदै जिल्ला हुलाक कार्यालय रामेछापमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । मंगलवारबाट कर्मचारीहरु हातमा कालो पट्टी बाधेर आन्दोलनमा उत्रिएका हुन ।

    हुलाकलाई अझ व्यवस्थीत गर्दै लैजानुकाे साटाे सरकारले अतिरिक्त हुलाक सेवा नै खारेज गर्ने भनेपछि अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरू आन्दाेलित चएका हुन । कर्मचारीहरुकाे आफ्नो माग पुरा नभएसम्म कार्यालयको नियमित काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

    लामो समयदेखि हुलाक सेवामा कार्यरत कर्मचारीहरुलाई समेत सरकारले कुनैपनि कपसिमकाे सेवा सुविधा नदिई अकस्मात कर्मचारी हटाउन खाेजेकाे र अतिरिक्त हुलाक कार्यायल नै खारेजी गर्न खोजेको भन्दै कर्मचारीहरुले रामेछापको जिल्ला हुलाक कार्यालयको भवन अगाडी धर्ना दिएका छन् ।

    आन्दोलनरत कर्मचारीहरुले आफ्नो मागलाई सरकारले सम्वोधन नगरे असार १० गते देशभरका जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गर्ने साथै अन्य चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन रामेछापका सचिव अम्बर बहादुर विश्वकर्माले बताए । यसअघि यश विषयमा जेठ ३० गते रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

    जिल्ला हुलाक कार्यालय रामेछापमा अतिरिक्त हुलाक सेवा अन्तर्गत जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिकामा गरी १ सय २८ जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरुले काम गर्दै आएको कार्यालय नै खारेजी हुने भएपछि कार्यालयको काम छाडेर अहिले आन्दोलनमा उत्रेका हुन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस