गैससलाई समन्वयमा वार्षिक प्रतिवेदन बुझाउन आग्रह
रामेछाप – जिल्ला समन्वय समितिले जिल्लामा क्रियाशिल संस्थाहरुलाई संस्थाकाे बार्षिक प्रतिवेदन बुझाउन आग्रह गरेकाे छ । मंगलबार समन्वयकाे हलमा बसेकाे गैरसरकारी संस्थाहरुसँगकाे समन्य बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
जिल्लामा संचालित तथा क्रियाशील संस्थाले जिल्ला समन्वय समितिमा प्रतिवेदन बुझाएर नविकरणका लागि समन्वयकाे सिफारिस लिएर मात्र जिल्ला प्रशासन कार्यलयमा नबिकरण गर्नुपर्ने निर्णय गरेकाे छ ।
सरकारी निकाय र संस्थाहरु बीच समन्वय गरेर अघि बढ्न के गर्न सकिन्छ भन्ने विषयमा समन्वयले संस्थाहरसँकाे छलफल पछि यस्ताे निर्णय गरेकाे हाे ।
त्यसैगरी छलफलमा जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्का कार्कीले संस्थाहरुकाे गतिविधि तथा काममा समन्वय बाधा पुर्याउन नखाेजेकाे तर संस्थाले गरिरहेका कामहरुकाे अनुगमन गर्ने अधिकार समन्वय भएकाले मात्र संस्थाहरुले के कस्ता काम गरिरहेकाे छ भनेर बुझ्न खाेजेकाे भन्दै संस्थाहरुलाई लुकेर हाेइन पारदर्शी हिसाबले काम गर्न आग्रह गरेकी छिन् । जिल्लामा संचालित संस्थाहरुले कति छन् र के कस्ता काम गरिरहेका छन् भन्ने जानकारी समन्वयलाई नहुनु याे दु:खकाे कुरा भएकाे उनले बताइन ।
त्यसैगरि कार्यक्रममा सहभागी सस्थाका प्रतिनिधिहरले स्थानिय निकायले पनि समन्वय गर्न नचाहेकाे गुनासाे गरे । संघिय संरचना पछि संस्थाहरुमा खासै कार्यक्रमहरु नभएकाे र कार्यक्रम भएका र काम गरिरहेका संस्थालाई पनि स्थानिय तहले बेवास्ता गरेकाले समन्वयकाे अभाव हुन पुगेकाे बताए । प्रतिनिहरुले आ- आफ्नाे संस्थाले गरेकाे गतिविधिकाे बारेमा जानकारी गराउदै भने सामाजिक परिवर्तन र विकासका काममा सस्थाहरुकाे पनि महत्त्वपूर्ण भूमिका भएकाे हुदा स्थानिय तह तथा सरकारी निकायसँग समन्वय गरेर अघि बढ्न तयार रहेकाे बताए ।
जिल्लामा हाल सम्म दर्ता भएका १२ सय ६४ वटा संस्थाहरु मध्ये यस आर्थिक वर्षमा भने २५ वटा संस्था मात्र नविकरण भएकाे छ । यसअर्थ संस्थाहरु बिस्तारै निस्कृय हुने क्रम बढेकाे देखिन्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रामेछाप नगर खेलकुद विकास समितिकाे संयाेजकमा कार्की नियुक्त
- २ सुशासन कायम गर्न सुचनाकाे महत्त्वपूर्ण मूभिका रहन्छ : कानुन मन्त्री लामिछाने
- ३ सरोकारवालाले अपनत्त्व लिने शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
- ४ अपराधिक गतिविधिमा इन्स्पेक्टर तामाङको कडा निगरानी ठुलै परिणाममा ‘अवैध’ सुन बरामद
- ५ महासंघ रामेछापको बार्षिक साधारण सभा
- ६ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ७ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ८ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
प्रतिक्रिया दिनुहोस