द्वन्द रहित समाज निर्माण गर्न मेलमिलाप कर्ताले भूमिका खेल्नुपर्छ : उपाध्यक्ष खड्का

दाेलखा – तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयाेजक सिर्जना खड्का सुवेदीले द्वन्द रहित समाज निर्माणमा मेलमिलाप कर्ताकाे महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएकी छिन् । पालिकाले आयाेजन गरेकाे मेलमिलाप सम्बन्धि ८ दिवसीय आधारभुत तालिमकाे समापन गर्दै उपाध्यक्ष खड्काले यस्ताे बताएकी हुन्।
कार्यक्रममा उपाध्यक्ष खड्काले तालिमको सिकाइलाइ व्यवहारमा उतार्न सके मात्र तालिमले सार्थकता पाउने भन्दै मेलमिलाप कर्तालाई सकारात्मक साेचका साथ आफ्नाे भूमिका निर्वाह गर्न आग्रह गरिन् । त्यसैगरि न्यायिक समितिकाे याेजनालाइ मुर्त रुप दिनकाे लागि समेत मेलमिलाप कर्ताककाे महत्त्वपूर्ण भुमिका रहने बताइन् ।
त्यसैगरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै दाेलखाका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले मेलमिलाप कर्मकाण्डी ढङ्गबाट नगरी असल मेलमिलाप कर्ताकाे रुपमा कार्य गर्न आग्रह गरे ।
तालिममा सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएकाे भन्दै आफुले सिकेकाे सीपलाइ सकारात्मक हिसाबले व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । उक्त तालिममा पालिकाकाे विभिन्न वडाहरुबाट १९ जनाकाे सहभागीता रहेकाे थियाे ।
तालिमकाे सहजिकरण उद्धबप्रसाद अधिकारी , डम्बर प्रसाद ओली र ज्ञानु श्रेष्ठले गरेका थिए । तालिम सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोकले प्रदान गरेकाे हाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस