द्वन्द रहित समाज निर्माण गर्न मेलमिलाप कर्ताले भूमिका खेल्नुपर्छ : उपाध्यक्ष खड्का
दाेलखा – तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयाेजक सिर्जना खड्का सुवेदीले द्वन्द रहित समाज निर्माणमा मेलमिलाप कर्ताकाे महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएकी छिन् । पालिकाले आयाेजन गरेकाे मेलमिलाप सम्बन्धि ८ दिवसीय आधारभुत तालिमकाे समापन गर्दै उपाध्यक्ष खड्काले यस्ताे बताएकी हुन्।
कार्यक्रममा उपाध्यक्ष खड्काले तालिमको सिकाइलाइ व्यवहारमा उतार्न सके मात्र तालिमले सार्थकता पाउने भन्दै मेलमिलाप कर्तालाई सकारात्मक साेचका साथ आफ्नाे भूमिका निर्वाह गर्न आग्रह गरिन् । त्यसैगरि न्यायिक समितिकाे याेजनालाइ मुर्त रुप दिनकाे लागि समेत मेलमिलाप कर्ताककाे महत्त्वपूर्ण भुमिका रहने बताइन् ।
त्यसैगरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै दाेलखाका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले मेलमिलाप कर्मकाण्डी ढङ्गबाट नगरी असल मेलमिलाप कर्ताकाे रुपमा कार्य गर्न आग्रह गरे ।
तालिममा सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएकाे भन्दै आफुले सिकेकाे सीपलाइ सकारात्मक हिसाबले व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । उक्त तालिममा पालिकाकाे विभिन्न वडाहरुबाट १९ जनाकाे सहभागीता रहेकाे थियाे ।
तालिमकाे सहजिकरण उद्धबप्रसाद अधिकारी , डम्बर प्रसाद ओली र ज्ञानु श्रेष्ठले गरेका थिए । तालिम सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोकले प्रदान गरेकाे हाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस