मानवअधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ

काठमाण्डौ- सिंहदरबार अगाडी धर्नामा बसेका मानव अधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ परेका छन् । मानव अधिकार र शान्ति समाजले सिंहदरबारको पश्चिम ढोकामा आयोजना गरेको धर्नामा पहाडी सहित १७ जना अधिकारकर्मी पक्राउ परेको हो ।
पक्राउ पर्नेहरूमा मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरू अर्जुन पराजुली,उत्तम पुडासैनी, विमल अर्याल, चन्द्रमणि बञ्जरा ,नम्रता खरेल,किरण ढकाल,दिवाकार पुडासैनी,उमा गौतम, भगवान् पुडासैनी, बलबहादुर गाहा मगर,ईश्वर पुडासैनी, जयराम पुडासैनी, रमेश कुमार बराल,विकास थापा लगायतका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अधिकार कर्मीलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको नेपाल प्रहरीले जनाएको छ ।
धर्ना बसेका अधिकारकर्मीहरूले देशका शीर्ष नेताहरू नै भ्रष्ट देखिएको र देशमा लोकतन्त्रमा खतरा बडेको भन्दै भुटानी शणनार्थी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्न माग गरेका छन् । त्यस्तै तिनै तहका सरकारलाई लोकतान्त्रिक गणतन्त्रको मान्यता अनुरूपको आचरण गर्न माग गर्दै धर्ना बसेका थिए ।
समाजले भुटानी शणनार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै जेठ १ गते देखि देशभर अभियान सुरु गरेको बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस