पूर्वाधार तयार नहुदा माग धान्न सकिएन : राणा

रामेछाप – बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रहरीको माग धेरै आउने तर पूर्वाधारको अभावका कारण नागरिकको चाहना अनुसारको व्यवस्थापन गर्न कठिनाई भएको वताएकी छिन् । प्रहरी जनशक्ति र पूर्वाधार तयार भयो भने समाजमा माग बमोजिमको प्रहरी परिचालन हुने उनले वताइन ।
बिहिबार जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण पछि आयोजिक अन्तरक्रिया कार्यक्रममा राणाले आत्महत्या र जवरजस्ती करणीका घटना न्यूनिकरण गर्न आवश्यक देखिएकोले प्रहरीले त्यस अनुकुलका कार्यक्रम ल्याउन लागेको वताईन । बागमति प्रदेश आत्महत्या र जवरजस्ती करणीका घटनामा मुलुककै दोश्रो स्थानमा रहेको उनले वताईन ।
समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरी नागरिकको जिउ धनको सुरक्षा गर्नु प्रहरीको पहिलो कर्तव्य रहेको उल्लेख गर्दै कानुन कार्यान्वयनको लागि मातहतका सवै प्रहरी कर्मचारीहरुलाई कर्तव्यबाट विमुख नहुनका लागि निर्देशन समेत दिईन ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरका विभिन्न स्थानमा प्रहरी चौकीको आवश्यकता रहेको, जवरजस्ती करणी, आत्महत्या जस्ता सामाजिक अपराध बढीरहेकोले त्यसलाई न्यूनिकरण गर्नका लागि प्रहरीले कार्य गर्नुपर्ने वताए । उनले सवारी साधनका लागि टाईम कार्ड लगाएको विषयमा आक्रोस पोख्दै राजमार्गमा यात्रा गर्न सर्वसाधारणलाई सास्ती भएको गुनासो गरे ।
विपी राजमार्गमा प्रहरीले ठाउंठाउंमा सार्वजनिक सवारी साधनलाई टाईमकार्ड लगाएका कारण १ सय ३० किलोमिटर यात्रा गर्न ६ घण्टा लाग्न लागेकोले त्यसलाई तत्काल हटाउनका लागि श्रेष्ठले आग्रह गरेका थिए । राणाले राजमार्गमा सवारी दुर्घटना लाई न्यूनिकरण गर्न टाईमकार्ड लगाएकोमा नागरिकलाई सास्ती भएको विषयमा छलफल गरी सृुधार गर्ने प्रतिवद्धता जनाईन । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमवहादुर पराजुलीले जिल्लाको शान्ति सुरक्षा र प्रहरीले सम्पादन गरेका क्रियाकलापका विषयमा जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस