ट्रेड युनियन कांग्रेस रामेछापको अध्यक्षमा श्रेष्ठ

रामेछाप – नेपाल ट्रेड युनियन कांग्रेस रामेछापको
अध्यक्षमा अर्जुन बहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् । शुक्रवार जिल्ला सदरमुकाम मन्थलीमा भएको टेड्र युनियनको ९ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ निर्विरोध चयन भएका हुन । श्रेष्ठ शिक्षण पेशामा आबद्ध छन् ।
उक्त समितिकाे उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला)मा रमिता राई( उपाध्यक्ष (महिला)मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् ।
त्यस्तै सचिवमा मोतीलाल लामा र कोषाध्यक्षमा प्रतिभा बोहोरा चयन भएका छन् । त्यसैगरी सहसचिवमा सजल घिसिङ, सविना पौड्याल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दीपमाला खत्री, विमला कार्की, खट्कबहादुर खड्का, भुपालध्वज कार्की, मञ्जु हायु, विक्रम विसुन्के रहेका छन् भने महिला सदस्यहरुमा अनिता थापामगर, नरदेवी थापा र पुष्पा दाहाल चयन भएका छन् ।
ट्रेड युनियन कांग्रेस रामेछापका निवर्तमान अध्यक्ष पूर्णबहादुर सुवेदी सङ्घीय प्रतिनिधिमा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा नीराजन घिसिङ, रमेश ढुङ्गेल र अप्रिल अधिकारी चयन भए ।
नेपाली कांग्रेस निकट संस्था ट्रेड युनियनमा नेपाल शिक्षक संघ, नेपाल निर्माण श्रमिक संघ, नेपाल होटेल श्रमिक संघ, नेपाल प्रेस युनियन,नेपाल स्वास्थ्य कर्मी संघ, नेपाल स्थानीय कर्मचारी संघ र नेपाल व्युटिसियन संघ लगाएत विभिन्न श्रमिकहरुकाे संघ संस्थाहरु आबद्ध रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस