ट्रेड युनियन कांग्रेस रामेछापको अध्यक्षमा श्रेष्ठ
रामेछाप – नेपाल ट्रेड युनियन कांग्रेस रामेछापको
अध्यक्षमा अर्जुन बहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् । शुक्रवार जिल्ला सदरमुकाम मन्थलीमा भएको टेड्र युनियनको ९ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ निर्विरोध चयन भएका हुन । श्रेष्ठ शिक्षण पेशामा आबद्ध छन् ।
उक्त समितिकाे उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला)मा रमिता राई( उपाध्यक्ष (महिला)मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् ।
त्यस्तै सचिवमा मोतीलाल लामा र कोषाध्यक्षमा प्रतिभा बोहोरा चयन भएका छन् । त्यसैगरी सहसचिवमा सजल घिसिङ, सविना पौड्याल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दीपमाला खत्री, विमला कार्की, खट्कबहादुर खड्का, भुपालध्वज कार्की, मञ्जु हायु, विक्रम विसुन्के रहेका छन् भने महिला सदस्यहरुमा अनिता थापामगर, नरदेवी थापा र पुष्पा दाहाल चयन भएका छन् ।
ट्रेड युनियन कांग्रेस रामेछापका निवर्तमान अध्यक्ष पूर्णबहादुर सुवेदी सङ्घीय प्रतिनिधिमा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा नीराजन घिसिङ, रमेश ढुङ्गेल र अप्रिल अधिकारी चयन भए ।
नेपाली कांग्रेस निकट संस्था ट्रेड युनियनमा नेपाल शिक्षक संघ, नेपाल निर्माण श्रमिक संघ, नेपाल होटेल श्रमिक संघ, नेपाल प्रेस युनियन,नेपाल स्वास्थ्य कर्मी संघ, नेपाल स्थानीय कर्मचारी संघ र नेपाल व्युटिसियन संघ लगाएत विभिन्न श्रमिकहरुकाे संघ संस्थाहरु आबद्ध रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस