• काेसिस न्यूज
  • घाँस काट्न जादा भिरबाट लडेर एक महिलाकाे मृत्यु


    रामेछाप- लिखुतामाकोशी गाउँपालिका वडा नं ३ की एक महिलाकाे घाँस काट्न जादा भिरबाट लडेरर मृत्यु भएको छ । शुक्रबार बिहान कमेराे पानि भिरमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु भएकाे हाे ।

    लिखुतामाकोशी गाउँपालिका वडा नं ३ धोबी कालिटोल निबासी ५४ बर्षिय धनकुमारी बिक घर नजिकैकाे जंगलमा घाँस काट्न जादा लडेर मृत्यु भएको स्थानिय लक्ष्मण खड्काले जानकारी दिएकाछन् । बिक भिरबाट अन्दाजी एक किलोमिटर तल खसेर मृत अबस्थामा फेला पारेपछि प्रहरीलाई स्थानिय खबर गरेका थिए ।

    बिकको शव पोष्ट मार्टमको लागी मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नायब उपरिक्षक होम बहादुर पराजुलीले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस