चोरीको आरोपमा प्रहरी जवान पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्र प्रसाद भण्डारी चोरीको अभियोगमा सोमबार पक्राउ परेका छन् । प्रहरी आफै चोरी कार्यमा सम्लग्न रहेको र गलत कार्य गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएको रामेछापमा यो पहिलो हो । भण्डारी छिमेकी जिल्ला दोलखाको मेलुङ गाउँपालिका निवासी हुन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाईकल चोरी गरेको तथ्य सिसीक्यामेराको फुटेजमा देखिएको आधारमा उनलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीका अनुसार भण्डारीलाई थप अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट साेमबार थुनामा राख्ने म्याद थप गरीएको छ ।
मन्थलीका रमेश नेपालीको बैशाख १ गते मन्थली बजारमा पार्किङमा राखेको बाग्मती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको मोटरसाईकल हराएकाे थियो । नेपालीले हराएकाे मोटरसाईकल खोजि गरिदिन प्रहरीकाे निवेदन दिएका थिए । प्रहरीले नेपालीको निवेदन परेपछि आफ्नो कार्यालयमा रहेको सिसीक्यामेराको मोनिटरको अध्ययन थालेको थियो । प्रनाउ पराजुलीका अनुसार प्रहरी जवानले मोटरसाईकल चोरी गरेको देखिएपछि भण्डारीलाई सोधपुछ गरीएको थियो । सोधपुछका क्रममा भण्डारीले मोटरसाईकल चोरी गरेको र उक्त मोटरसाईकलका सामान आफ्नो कोठामा रहेको स्वीकार गरेका थिए ।
भण्डारीले चोरी गरेको मोटरसाईकलबाट विभिन्न सरसामान झिकेर बेग्ला बेग्लै बनाई वर्कशपमा लैजाने तयारी गरेको अवस्थामा कोठामा फेला परेका थिए । प्रहरीले उक्त सामाग्री समेत बरामद गरेको छ । मन्थलीमा यसअघी पनि मोटरसाईकल चोरीका घटना हुने गरेकाे थियाे । एक महिना अघी मात्र मन्थलीको गडुवारीबाट हराएको मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको नजिकै फेला परेको थियो । उक्त घटनामा समेत भण्डारीको सम्लग्नता रहेको आशंका गर्न थालिएको छ । प्रहरीले अन्य चोरीका घटनाका सम्बन्धमा समेत अनुसन्धान गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस