चोरीको आरोपमा प्रहरी जवान पक्राउ
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्र प्रसाद भण्डारी चोरीको अभियोगमा सोमबार पक्राउ परेका छन् । प्रहरी आफै चोरी कार्यमा सम्लग्न रहेको र गलत कार्य गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएको रामेछापमा यो पहिलो हो । भण्डारी छिमेकी जिल्ला दोलखाको मेलुङ गाउँपालिका निवासी हुन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाईकल चोरी गरेको तथ्य सिसीक्यामेराको फुटेजमा देखिएको आधारमा उनलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीका अनुसार भण्डारीलाई थप अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट साेमबार थुनामा राख्ने म्याद थप गरीएको छ ।
मन्थलीका रमेश नेपालीको बैशाख १ गते मन्थली बजारमा पार्किङमा राखेको बाग्मती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको मोटरसाईकल हराएकाे थियो । नेपालीले हराएकाे मोटरसाईकल खोजि गरिदिन प्रहरीकाे निवेदन दिएका थिए । प्रहरीले नेपालीको निवेदन परेपछि आफ्नो कार्यालयमा रहेको सिसीक्यामेराको मोनिटरको अध्ययन थालेको थियो । प्रनाउ पराजुलीका अनुसार प्रहरी जवानले मोटरसाईकल चोरी गरेको देखिएपछि भण्डारीलाई सोधपुछ गरीएको थियो । सोधपुछका क्रममा भण्डारीले मोटरसाईकल चोरी गरेको र उक्त मोटरसाईकलका सामान आफ्नो कोठामा रहेको स्वीकार गरेका थिए ।
भण्डारीले चोरी गरेको मोटरसाईकलबाट विभिन्न सरसामान झिकेर बेग्ला बेग्लै बनाई वर्कशपमा लैजाने तयारी गरेको अवस्थामा कोठामा फेला परेका थिए । प्रहरीले उक्त सामाग्री समेत बरामद गरेको छ । मन्थलीमा यसअघी पनि मोटरसाईकल चोरीका घटना हुने गरेकाे थियाे । एक महिना अघी मात्र मन्थलीको गडुवारीबाट हराएको मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको नजिकै फेला परेको थियो । उक्त घटनामा समेत भण्डारीको सम्लग्नता रहेको आशंका गर्न थालिएको छ । प्रहरीले अन्य चोरीका घटनाका सम्बन्धमा समेत अनुसन्धान गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस