वैवाहिक बलात्कारकाे आराेपमा न्यायाधीश गिरी पक्राउ

रामेछाप – वैवाहिक बलात्कारकाे आराेपमा न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार न्यायाधीश गिरिलाइ प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई पक्राउ गरिएकाे काठमाण्डाै प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
न्यायाधीश गिरीकाे श्रीमती आरती गिरी रावलले आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गएकाे मङ्सिरमा जाहेरी दिएकी थिइन । उक्त जाहेरीमा श्रीमानले आफूलाई यौन शोषण , कुटपिट गरि हिंसा गरेको उल्लेख छ । त्यसैगरी न्यायाधीश गिरीले पनि श्रीमती विरुद्ध पैसा चोरेको आराेपमा उजुरी दिएका छन् ।
न्यायाधीश गिरी असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएका थिए । गिरी विवादमा तानिएपछि अघिल्लो महिना न्याय परिषद् काठमाण्डौमा सरुवा भएका थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस