वैवाहिक बलात्कारकाे आराेपमा न्यायाधीश गिरी पक्राउ
रामेछाप – वैवाहिक बलात्कारकाे आराेपमा न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार न्यायाधीश गिरिलाइ प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई पक्राउ गरिएकाे काठमाण्डाै प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
न्यायाधीश गिरीकाे श्रीमती आरती गिरी रावलले आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गएकाे मङ्सिरमा जाहेरी दिएकी थिइन । उक्त जाहेरीमा श्रीमानले आफूलाई यौन शोषण , कुटपिट गरि हिंसा गरेको उल्लेख छ । त्यसैगरी न्यायाधीश गिरीले पनि श्रीमती विरुद्ध पैसा चोरेको आराेपमा उजुरी दिएका छन् ।
न्यायाधीश गिरी असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएका थिए । गिरी विवादमा तानिएपछि अघिल्लो महिना न्याय परिषद् काठमाण्डौमा सरुवा भएका थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस