लागू ओैषध दुर्वेसनिमा निगरानी बढाउन प्रजिअकाे आग्रह

रामेछाप – लागुओैषध दुर्वेसनि तथा ओसारपसारकाे गतिविधिमा निगरानी बढाउन रामेछापकाे प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले आग्रह गरेकी छिन् । साेमबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे लागुओैषध दुर्वेसनि सम्बन्धि बैठकमा प्रजिअ निराैलालेनिगरानी बढाउन आग्रह गरेकी हुन ।
त्यसैगरि उक्त दुर्वेसनि न्युनिकरण तथा निराकरण गर्नका लागि स्थानीय सरकार, राेकारवाला संघसंस्था , नागरिक समाज , शिक्षक ,अभिभावक ,प्रहरी र प्रशासनकाे समन्वयमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने प्रजिअ निराैलाले जानकारी दिइन ।
बैठकमा सहभागीहरुले विद्यालय स्तरकाे अर्थात कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा कुलतकाे जाेखिक रहेकाे बताए । त्यस्तै बेरोजगार युवाहरुमा पनि लागुओैषध दुर्वेसनिकाे असर परेकाे बताए । जिल्लाकाे विभिन्न बजार क्षेत्रहरुमा दुर्वेसनि जाेखिम भएता पनि मन्थली बजारमा भने अलि बढी जाेजिम भएकाे बताए । साथै दुर्वेुनि अन्त्य गर्न आ- आफ्नाे क्षेत्रबाट सक्दाे सहयाेग गर्ने समेत सहभागीले बताए ।
सामान्य गाजाकाे सेवनबाट सुरु भएर काेकिन, अफिम हुँदै ट्याब्लेट र इन्जेक्सन लगाउन सम्मका् तल लाग्ने गर्छ । त्यसकारण सामान्य गाजा खाएकाे हाे भनेर हेलचक्राई नगरि आफ्ना छाेराछाेरी ,विद्यार्थी र बालबालिकाकाे ख्याल राख्न सहायक प्रमुख जिल्ला अधिकारी अनुज घिमिरेले अनुराेध गरे ।
त्यसैगरि जिल्लाकाे तथ्यांकलाई गत वर्ष जिल्ला प्रहरीमा जम्मा २ वटा मुद्दा रहेकाे पाइन्छ । यसरी जिल्लाकाे तथ्यांकलाई हेर्दा खासै लागुओैषध दुर्वेसनिकाे जाेखिम नरहेपनि कहि संसकास्पद व्यक्ति र स्थानमा भने निगरानी गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख हाेम पराजुलीले जानकारी दिए । मन्थली बजारका केही स्थानहरुमा प्रहरीले अहिले पनि निगरानी गरिरहेकाे बताउदै कहि,त्यस्ताे संङ्का लागेमा यात संभावित देखिएमा प्रहरीलाई खबर गर्न प्रहरी प्रमुख पराजुलीलेआग्रह गरे का छन् ।
जिल्ला प्रशासन कार्यालयमा प्रमेख जिल्ला अधिकारीकाे अध्यक्षता भएकाे बैठकमा सहायक पमेख जिल्ला अधिकारी अनुज घिमिरे ,जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुली , अन्य सुरक्षा निकायमा प्रमुख , पत्रकार महासंघका प्रतिनिधि , गैरसरकारी संस्था महासंघ ,लगाएतकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस