पूर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा खत्री
रामेछाप – पुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न पुर्व प्रहरी संगठन रामेछापकाकाे चाैथाे अधिबेशनले अध्यक्षमा खत्री सहित २० सदस्यकाे समिति गठन भएकाे हाे ।
उक्त समितिमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिवमा केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह कोषाध्यक्षमा यादव कुमार खड्का चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सूर्य नेपाली,रत्न थापा, कृष्ण बहादुर रानामगर, हेम बहादुर बरुवाल, पदम बहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी के शी, सिताराम खड्का रहेका छन् । त्यस्तै क्षेत्रगत र समावेसीका आधारमा ५ जना सदस्य भने पछि मनोनित गर्ने प्रावधान रहेकाे संयाेजक खत्रीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले भूतपुर्व प्रहरीहरुले प्रहरी सेवामा हुदा पुर्याएकाे योगदानको उच्च गरेका छन् । त्यसैगरी अवकाश प्राप्त प्रहरीको हक हित र सुबिधाको लागि पनि संगठनको आवश्यकता पर्ने बताए ।
अधिवेशन संगठनका निवर्तमान अध्यक्ष शरद लामाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक होम बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा भएको थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस