खण्डहर बन्याे सिरिसे बजार

रामेछाप – रामेछापकाे उत्तरी भुभागमा पर्ने लिखुतामाकाेसी गाउँपालिका २ काे सिरिसे बजार यतिबेला खण्डहर बनेकाे छ । पछिल्लो समय गाउगाउमा सडक संजाल विस्तार भएसँगै यातायातका साधान राजधानीबाट सदरमुकाम हुँदै सिधै गाउगाउ सम्म संचालन हुन थाले पनि सिरिसे बजार खण्डहर बनेकाे हाे ।
सडक संजाल विस्तार भएपछि रामेछापको दुरागाँउ र सैपु ओखलढुंगाकाे गाम्नाङ , टारकेराबारी,खिजिफलाटे,पाेकली क्षेत्रकाे मुख्य व्यापारीक केन्द्रकाे रुपमा रहेकाे सिरिसे बजार सुनसान बन्न पुगेकाे छ ।
सडक विस्तारसँगै सिरिसेमा व्यवसाय गर्ने व्यवसायीहरु गाउगाउ पुगेपछि स्थानीय उपभोक्ताहरुले गाउमै सामान खरिद गर्न थालेकाे स्थानिय व्यवसायी गिता खड्काले जानकारी दिइन । उनले भनिन”सडक विस्तार नहुदा मुख्य व्यापारीक केन्द्र रहेकाे सिरिसे बजार अहिले सुसान छ । एकातिर स्वयतगंगगा हाइड्रोपावर निर्माणकाे कार्य सम्पन्न भएसँगै कामदार र कर्मचारी घरफर्कीए पछि बजारमा चहलपहल घटेकाे हाे ।
त्यसैगरि अर्का स्थानिय एंव बजार व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर पाैडेलले रामेछाप ओखलढुंगा जाेड्ने लिखु खाेलाकाे विभिन्न स्थानमा सवारीसाधन वारपार गर्न सकिने किसिमकाे पुल बनेपछि बाह्रै महिना सहजै सवारीसाधन ग्रामिण भेगसम्म पुग्न थालेपछि बजार सुनसुन हुन थालेकाे बताए ।
गाउँसम्म सडक विस्तर नहुदा दैनिक उपभाेग्य सामान तथा निर्माण सामाग्री खरिद गर्न रामेछापको सिरिसे बजार सम्म यसअघि पैदल हिडेरै जानुपर्न पर्थ्याे । अर्काेतिर खरिद गरिएको सामाग्री नाम्लो र डाेकाेकाे भरमा घन्टाै लगाएर लानुपर्ने बाध्यता थियाे । अहिले सडक बिस्तारसँगै सहजै गाउमै सामाग्रीहरु उपलब्ध हुन थालेपछि हामी सिरिसे बजार धाउन छाडेकाे ओखलढुंगा लिखुगाउपालिकाकी निर्मला पाैडेलले बताईन ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस