रामेछापको राज्मा प्याकेजिङ गरिदै

रामेछाप – रामेछाप नगरपालिका ५ रामपुरमा उत्पादन गरिएकाे राज्मालाई प्याकेजिङ गरेर बजारमा ल्याउने तयारी भएकाे छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले रामेछापमा उत्पादित राज्माकाे प्याकेजिङ गरेर बजारमा पठाउने तयारी गरेकाे हाे ।
उक्त सहकारीले सियास र आर्या नामक संस्थासँग सहकार्यमा रामपुरमा उत्पादन भएको राज्मालाई ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजार पठाउने तयारी गरिएको सहकारीका अध्यक्ष भिम बहादुर तामाङले जानकारी लिए ।
स्वास्थ्यका हिसाबले उपभाेगका लागि निकै उपयुुक्त मानिने राज्मालाई रामेछापकाे रामपुरमा उत्पादन भएकाे हाे भन्ने छुट्टै पहिचान सहित ब्रान्डिङ गरेर बजारमा पठाउने अध्यक्ष तामाङले बताए ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरपालिकाकाे उत्पादन ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ गरेर बजारमा पठाउने कुराले निकै खुशी लागेको बताए
पालिकाकाे सबै वडामा विभिन्न किसिमकाे गेडागुडी उत्पादन गर्न सकिने त्यसका लागि सबै वडा नै पकेट क्षेत्र भएकाले बिस्तारै रामेछापकाे उत्पादनलाई विश्व बजार सम्म पुर्याउन पालिका पहल गर्ने बताएका छन् । यसरी स्थानिय उत्पादनलाई बजारिकरण गर्न सकेमा नगरकाे समृद्धिमा समेत टेवा पुग्ने बताए ।
रामपुरमा उत्पादन भएकाे उक्त राज्मा चार घरे ब्राण्ड मार्फत बजारमा पुग्ने छ । हाल १ केजी र ५ सय ग्रामको प्याकेजिङ गरेर बजारमा पठाइएकाे छ ।
यसरी आफ्नाे उत्पादन ब्रान्डिङ गरेर प्याकेटमा विभिन्न बजारहरुमा पुग्ने भएपछि किसानहरु हर्सित भएका छन भने उपयुक्त मूल्य पाउनेमा पनि विस्वस्त छन् ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस