• काेसिस न्यूज
  • फैसला विरुद्ध प्रदर्शन र तोडफोड


    रामेछाप – पति सगको सम्बन्ध विच्छेद पछि अदालतमा विष पिउने देखि रंग फाल्ने सम्मको प्रदर्शन गर्दै आएकी रामेछापको मन्थली १ कि विनु यादवले सोमबार जिल्ला अलालत रामेछापले गरेको फैसला विरुद्ध पनि प्रदर्शन र तोडफोड गरेकी छिन् ।


    रामेछाप जिल्ला अदालतले जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्धामा पवन कठायतलाई सफाई दिने फैसला सुनाए पछि बिनु यादव र उनका समर्थकहरुले सोमबार सा“झ अदालत परिसरमा प्रदर्शन तथा तोडफोड गरेका हुन् ।


    जिल्ला न्यायाधिश ईन्दिरा शर्माको ईजलासले जवरजस्ती करणी उद्योग गरेको आरोपमा परेको उजुरीको फैसला गर्दै आरोप प्रमाणीत नहुने ठहर गरेको थियो । साँझ भएको उक्त फैसला पछि अदालत परिसरमा रहेका यादव र उनका सहयोगीले न्यायाधीश शर्मा र फैसला प्रति आपत्ति जनाउदै अदालत अघी राखेका केहि गमला फुटाउनुका साथै मुलढोका नजिक राखिएका पानीको घडा ढालेका थिए ।

    अदालत परिसरमा फुटेका गमला


    परिसरमा विनु यादव र उनका सहयोगीले न्याय सम्पादन प्रति प्रश्न उठाउदै अदालतमा आगो लगाउने र गोली नहाने सम्म बाहिर नजाने भन्दै केहि वेर प्रदर्शन गरेका थिए । आक्रोशितले रुदै मनलागि गालिगलौज गर्दा अलालतको ढोका लगाइएको थियो भने परिसरमा बाक्लो सख्यामा प्रहरी परिचालन गरीएको थियो ।
    केहि बेर प्रदशनको क्रममा विनु यादवले पटक पटक आफुले अन्याय भोग्नु परेको भन्दै आफुले जहिल्यै पिडामा वस्नु परेको कुरा वताएकी थिईन । अदालत परिसरमा केहि बेरको प्रदर्शन पछि यादवलाइ उनका कानुन व्यवसायीले सम्झाउदै बाहिर लगेका थिए । यादव वाहिरीदा समेत उनका समर्थकले अदालत परिसरमा मुख छोड्दै थिए ।


    यादवले आफ्नै काका ससुरा पवन कठायतले गत बैशाख ७ गते आफ्नै घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको आरोपमा उनी विरुद्ध मुद्धा दायर गरेकी थिईन । उक्त मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला न्यायाधीश शर्माको ईजलासले कठायतलाई पुर्पक्षकालागि भदौ अन्तिम साता थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश विरुद्ध कठायतले उच्च अदालत पाटनमा पुनारावेदन गरेका थिए । उच्च अलालतले उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।


    यसअघी यादवले उनका पति प्रदीप कठायतले दिएको सम्बन्ध विच्छेदको मुद्धामा रामेछाप जिल्ला अलालतका तत्कालिन जिल्ला न्यायाधीश बद्री प्रसाद ओलीले सम्बन्ध विच्छेद गराइ दिए पछि यादवले जिल्ला अदालतमै विष सेवन गरेकी थिईन । यादवले न्याय नपाएको भन्दै केहि अघी सर्वोच्च अदालत परिसरमा रातो रङ्ग समेत फालेर प्रदर्शन गरेकी थिईन ।


    यसैविच यादवलाइ जवरजस्ती करणी उद्योगकाे आरोप खेप्दै आएका पवन कठायतले भने जिल्ला अलालतको फैसलाले आफुलाई न्यायको अनुभुति भएको वताएका छन् । म धेरै पिडामा थिए अदालतले न्याय दियो कठायतले संम्क्षिप्त कुरा गर्दै भने ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस