महिला दिवसमा मन्थली नगरपालिकाद्वारा विविध कार्यक्रम

रामेछाप – ११३ ओै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनाएकाे छ । “लैङ्गिग समानताकाे बलियाे आधार : सिर्जजनात्मक प्रविधिमा महिला पहँचकाे विस्तार “भन्ने राष्ट्रिय नारा सहित नगरले बुधबार विभिन्न कार्यक्रम गरि दिवस मनाएकाे छ ।
दिवसको अवसरमा पालिकाले मन्थली बजारमा सचेतना मुलक र्याली गरेकाे थियाे । साे र्यालि नगरकाे सभाहलमा पुगेर सभामा परिणत भएकाे थियाे ।

सभाहलमा भएकाे उक्त कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि चिना कार्कीले परिवर्तन महिला आफैले सुरु गर्नु पर्ने बताउदै उनले आफुले गरेकाे संघर्षका कुरा सुनाइन । कार्कीले भनिन हामी अरुकाे डर मानेर आफ्नाे भविष्यलाई अध्याराे तिर धकेली रहेका हुन्छाै ,त्यसैले सुरु आफैबाट गराै डर आफै हराउदै जानेछ र एकदिन सफलता प्राप्त गर्न सफल हुन्छाै ।
त्यसैगरि जिल्ला प्रशासन कार्यलय रामेछापकि प्रशासन अधिकृत अस्मिता बानियाँले महिलाहरु आत्मनिर्भर र स्वतन्त्र हुन सकेमा समाजमा हुने असमानता आफै टरेर जान बताइन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले घटनामा पिडित महिलानै हुने गरेकाे बताउदै आत्महत्या र हराउनेकाे।संख्या पनि महिलाकाे बढी भएकाे बताए । जिल्ला प्रहरीमा आउने घरेलु हिंसामा पुनः परिवारसँग मिलेर बस्न सक्ने घटना भन्दा बाहेक अन्य बलात्कार , महिला हिंसा र जघन्य प्रकृतिको अपराधलाई प्रहरीले कडाइका साथ हेर्ने गरेका बताए ।

कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले महिलाले अनुशासन , धैर्यवान, सहनशील मात्र नभएर लगनशील र इमान्दार हुने बताउदै महिलाले गरेकाे काममा सफलता प्राप्त पनि हुने हुदा सबै किसिमले महिला अब्बल हुने बताए ।

कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे) रामेछापकि अध्यक्ष ज्ञानु श्रेष्ठले सुचना र प्रविधिकाे विकाससँगै सामाजिक संजालकाे प्रयाेग, भाेग्नु परेकाे समस्या , बच्ने उपाय र विद्युतीय अपराध सम्बन्धि कानुनि व्यवस्था लगाएकाे विषयमा जानकारी मुलक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

यसैगरि कार्यक्रममा पालिकाभित्र विभिन्न पेशा व्यवसाय गरेर सफल भएका महिला व्यवसायी तथा उद्यमीहरुकाे सफलताको कथा प्रस्तुत गरिएकाे थियाे ।
कार्यक्रम मन्थली नगरपालिकाकाे उपप्रमुख ईश्वरी बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे । उक्त कार्यक्रममा जिल्लामा सक्रिय महिलाकाे क्षेत्रमा काम गर्ने संघ संस्था , राजनितीक दल नगरका कर्मचारी तथा जनप्रतिनिधिहकाे सहभागीता रहेकाे थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस