जलवायु परिवर्तन तथा सरसफाइ सम्बन्धि सचेतना कार्यक्रम

रामेछाप – वन डिभिजन कार्यलाय रामेछापले जलवायु परिवर्तन र सरसफाइ सम्बन्धि सचेतना कार्यक्रम गरेकाे छ । आइतबार डिभिजनले स्थानीय तहका प्रमुखहरुका लागि उक्त सचेतना कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले सधै समस्या मात्र देखाएर नहुने भन्दै सबैले आ- आफ्नाे पक्षबाट सुधारकाे पहल गर्नु पर्ने बताइन् । जलवायु परिवर्तनका कारण मानव जीवनमा मात्र नभएर जैविक प्रणालीमा नै धेरै ठुलाे प्रभाव परेकाले यस्काे नियन्त्रण , न्युनिकरण साथै समस्याका उचित समाधानकाे खाेजि गर्नुपर्ने बताइन् ।
त्यसैगरी रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले जलवायु परिवर्तन र विपद व्यवस्थापनकाे कामलाई सँगसँगै
अगाडि बढाउनु पर्ने बताए ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले जलवायु परिवर्तनबाट पर्ने असरलाइ न्युनिकरण गर्न सुधारकाे सुरुवात आफैबाट गर्नुपर्ने बताए । त्यस्तै खाँडादेवि गाउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जलवायु परिवर्तनले पार्ने असरका विषयमा सचेतना कार्यक्रम गाउस्तरमा पुर्याउन आवस्यक रहेकाे बताए ।
कार्यक्रममा जलवायु परिवर्तनकाे कारण , त्यसकाे असर , पर्यावरणमा पारेकाे प्रभाव, मानव जीवनमा परेकाे असर तथा जलवायु परिवर्तन अनुकुल जीवनशैलीका विषयमा डा: मिरा बाेहाेराले जानकारी गराएकी थिइन् । त्यसैगरि डा: बाेहाेराले फाेहाेर व्यवस्थापन र त्यसका लागिअपनाउन सकिने उपायहरु उपायहरुका बारेमा जानकारी दिएकी थिइन् ।
कार्यक्रममा सहभागिताहरुले जलवायु परिवर्तनले पारेकाे प्रभाव र मानव जीवनमा परेकाे असर र परिवर्तनहरुबाट भाेगेकाे अनुभुतीका विषयमा छलफल गरेका थिए ।भने मानव निर्मित फाेहाेरकाे व्यवस्थापन तथा जलवायु परिवर्तनलाई न्युनिकरणका लागि गर्न सकिने अभ्यासहरुका बाेरमा छलफल भएकाे थियो ।
कार्यक्रम डिभिजन बन कार्यालय रामेछापका प्रमुख रामशरण गाैतमकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काकाे प्रमुख आतिथ्यतामा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ , रामेछाप नगरपालिका प्रमुख लवश्री न्याैपाने , खाँडादेवी गाउपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ ,वडाअध्यक्षहरु, पत्रकार तथा सराेकारवालाहरुकाे सहभागीता रहेको थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस