युवाहरुकाे पहलमा अग्नि पिडित हायूलाइ आर्थिक सहयाेग

रामेछाप – रामेछाप काठमाडौँ सृजनशिल समाज र रामेछापका युवाहरुकाे समूह सहयाेगी मनहरुको सहकार्यमा अग्नि पिडित जित बहादुर हायुलाइ आर्थिक सहयाेग उपलब्ध गराएका छन् ।
यहि फागुन ४ गते रामेछाप नगरपालिका ८ निवासी हायुकाे घरमा आगाेलागि हुनगई घर तथा गाेठमा पुर्णरुपमा क्षेति पुगेकाे थियाे । आगाेलागिबाट क्षेति पुगेकाे घरगाेठ जलेर नष्ट भएकाे र हायुकाे आर्थिक अवस्था समेत कमजाेर भएकाे कारण उक्त युवा समुहले आर्थिक सहयाेग जुटाउन पहल गरेकाे थिए ।

युवाहरुकाे पहलमा विभिन्न पेशा व्यवसाय गर्ने तथा संघ संस्थामा आबद्ध रहेका दाताहरुसँग ५० हजार ५ सय ५४ रुपैया रकम संकलन गरि शनिबार हायूलाई उपलब्ध गराएको युवा व्यवसायी जय मानन्धरले जानकारी दिए ।
उक्त रकम रामेछाप ८ का निवर्तमान वडा अध्यक्ष केदार कार्कीले पिडित हायूलाइ हस्तान्तरण गरेका थिए । सहयाेग रकम जय मानन्धर ,साेम बुढाथाेकी, संजय कार्की र विपिन भट्टराईकाे सक्रियतामा संकलन गरिएकाे हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस