युवाहरुकाे पहलमा अग्नि पिडित हायूलाइ आर्थिक सहयाेग
रामेछाप – रामेछाप काठमाडौँ सृजनशिल समाज र रामेछापका युवाहरुकाे समूह सहयाेगी मनहरुको सहकार्यमा अग्नि पिडित जित बहादुर हायुलाइ आर्थिक सहयाेग उपलब्ध गराएका छन् ।
यहि फागुन ४ गते रामेछाप नगरपालिका ८ निवासी हायुकाे घरमा आगाेलागि हुनगई घर तथा गाेठमा पुर्णरुपमा क्षेति पुगेकाे थियाे । आगाेलागिबाट क्षेति पुगेकाे घरगाेठ जलेर नष्ट भएकाे र हायुकाे आर्थिक अवस्था समेत कमजाेर भएकाे कारण उक्त युवा समुहले आर्थिक सहयाेग जुटाउन पहल गरेकाे थिए ।

युवाहरुकाे पहलमा विभिन्न पेशा व्यवसाय गर्ने तथा संघ संस्थामा आबद्ध रहेका दाताहरुसँग ५० हजार ५ सय ५४ रुपैया रकम संकलन गरि शनिबार हायूलाई उपलब्ध गराएको युवा व्यवसायी जय मानन्धरले जानकारी दिए ।
उक्त रकम रामेछाप ८ का निवर्तमान वडा अध्यक्ष केदार कार्कीले पिडित हायूलाइ हस्तान्तरण गरेका थिए । सहयाेग रकम जय मानन्धर ,साेम बुढाथाेकी, संजय कार्की र विपिन भट्टराईकाे सक्रियतामा संकलन गरिएकाे हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस