• काेसिस न्यूज
  • जिल्लाकै ठुलो शैलुङ बोधिचैत्यको प्राण प्रतिष्ठा


    रामेछाप । रामेछाप र दोलखाको सिमावर्ति पर्यटकिय टाकुरा शैलुङमा निर्माण भएको शैलुङ ज्याङछ्युव छ््योर्तेन ( बोधिचैत्य ) को बुधबार प्राण प्रतिष्ठा गरिएको छ ।
    करिव ३ करोडको लागतमा निर्माण भएको उक्त छ्योर्तेन ( बोधिचैत्य ) मा राखिएका भगवान बुद्धका मुर्तिहरुको लामा गुरु क्याव्जे सेचेन रव्ज्याम रिन्पोक्षे र टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे लगाएतले बौध धर्मका मन्त्रोचारण गरी प्राण प्रतिष्ठा गरेका थिए । उक्त छ्योर्तेनको निर्माणका लागि नेपाल सरकारका विभिन्न निकाय र लामा गुरुहरुले चन्दा संकलन गरी खर्च जुनाएका थिए ।
    रामेछाप जिल्लाको पश्चिमी उच्च भाग ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ टाकुरामा निर्माण भएको उक्त कलात्मक बोधिचैत्यको निर्माणले उक्त क्षेत्रको धार्मिक पर्यटनको विकास हुने दावि गरीएको छ । कार्यक्रममा रामेछापबाट निर्वाचित प्रतिनिधिसभाका सांसद पूर्णवहादुर तामाङ (कान्छाराम) ले शैलुङको विकासका लागि कार्यक्रम वनाउन आग्रह गरे । ‘शैलुङ धार्मिक र पर्यटकिय स्थान हो ’ तामाङले भने – यसको पूर्वाधार विकासका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरी सवैको सहयोगमा क्रमबद्ध विकास गरौं ।
    कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईले शैलुङको विकासका लागि प्रदेश सरकारबाट आवश्यक योजना तर्जुमा गर्नमा सघाउने वताए । शैलुङको प्रचार प्रसारलाई अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन र बढी भन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक शैलुङमा ल्याउन सके उक्त क्षेत्रको विकास मात्र नभै स्थानीय बासिन्दाको आर्थिक उन्नती र रोजगारीको श्रृजना हुनेमा उनले जोड दिए । त्यसैगरी दोरम्बा शैलुङ गाउ“पालिकाका अध्यक्ष मदन कुमार मोक्तानले समेत शैलुङको विकासका लागि पालिकाले खर्च गर्दै आएको वताएका थिए ।
    काठमाण्डौं भन्दा पूर्वि पहाडको सवैभन्दा नजिक पर्ने शैलुङमा पर्यटन पूर्वाधारको रुपमा यस अघी भ्यूटावरको निर्माण भइसकेको छ । वौधगुरुहरुको तपस्या स्थलको रुपमा रहेको उक्त भूमिलाई धार्मिक पर्यटनको रुपमा हेरिने गरीएको छ । शैलुङबाट महालङ्गुर हिमश्रृंखलाको दृष्यावलोकन सहजै गर्न सकिन्छ । हिउँ खेल्न, गुराँस र चिमालको मनोरम दृष्यका लागि शैलुङले ख्याति कमाएको छ । त्यसमाथि सोली घोप्ट्याएको आकारमा रहेका पहाडका स साना टाकुराहरुले शैलुङलाई थप चित्ताकर्षक वनाएका छन् । गत बर्ष शैलुङ महोत्सवमा आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले शैलुङलाई प्राकृतिक स्वरुपमै राख्न आग्रह गरेका थिए । शैलुङ त्यसै पवित्र स्थान भएकाले भौतिक पूर्वाधार निर्माण गरी कुरुप पार्नु नहुनेमा उनको जोड थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस