• काेसिस न्यूज
  • ग्रामिण सडकमा यात्रा जोखिमपूर्ण


    रामेछाप । रामेछापका अधिकांश ग्रामिण सडकको यात्रा जोखिमपूर्ण हुन थालेको छ । जिल्लाका दुर्गम स्थानमा जान आउनका लागि प्रयाप्त यातायातका साधन नहुदा सर्वसाधारण यात्रुले जोखिम मोलेर छतको यात्रा गर्नुपर्ने बाध्यता छ ।
    रामेछापको मन्थलीबाट ग्रामिण क्षेत्र तर्फ जाने यातायातका साधनले यात्रुलाई छतमा चढाउने गरेका छन् । सिमित सवारी साधन भएकाले सर्वसाधारणले बसको छतकै भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ । सहज र प्रयाप्त साधनको अभावमा कच्चि र उकालो ओरालो सडकमा सर्वसाधारणले भगवान भरोसा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने कुरामा हिमगंगाका टेकवहादुर मगरले जोड दिए । मगरका अनुसार हिमगंगा तर्फबाट रामेछाप तर्फ गुड्ने यातायातका साधनमा सधैं छतमा यात्रु बोकेर बस गुडने गरेका छन् । ‘जाउ भने लडेर मरिएला भन्ने डर , नजाउन भने अरु साधन नभएकाले जानै पर्ने बाध्यता ’ मगरले भने – गाउतिरका अरु सडकमा पनि यस्तै कन्तविजोग देख्छु ।
    रामेछाप, साँघुटार, धोवि सिरीसे, दुरागाउ, कठजोर धोवि, गुप्तेश्वर प्रिती वाम्ती दोरम्बा लखनपुर गौश्वारा तर्फ गुड्ने यात्रुबाहक बसले छतमा यात्रु बोक्ने गरेका छन् । प्रहरी र ट्राफिकको उपस्थिति नभएको क्षेत्रमा निस्फिर्की छतको यात्रा गराउने चलन छ । कच्चि सडकमा ठुल्ठुला खाडुलमा ढल्कदै गुडने वसको छतबाट मानिस खस्ने डर हरेक दिन हुने गरेको छ । तर यातायात व्यवसायी भने त्यसको कुनै पर्वाह गर्दैनन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस