लिखु १ जलविद्युत आयोजना
क्षतिपूर्तिको कुरा नमिल्दा ३ दिन देखि शव अलपत्र

रामेछाप । कामको सिलसिलामा मृत्यू भएका मजदुरका परिवारलाई क्षतिपूर्ति र रोजगारी लगाएतको माग पुरा नहुदा लिखु जलविद्युत आयोजनामा कार्यरत मजदुरको शव ३ दिन देखि किन्जामा अलपत्र परेको छ । आफन्तले ३ दिन देखि मृतकको शव वुझ्न मानेका छैनन् ।
दुगड समूहबाट निर्माणाधिन लिखु १ जलविद्युत आयोजनामा कार्यरत सवारी चालक रामेछाप जिल्ला उमाकुण्ड ३ कुभुकास्थलीका ४१ बर्षिय उद्योग वहादुर कटुवालको विहिबार काममै रहेको बेला मृत्यू भएको थियो । गाडि पुछ्ने क्रममा वेहोस भएपछि उनलाई उपचारका लागि आयोजनाबाट संचालित किन्जा स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचार शुरु नगर्दै स्वास्थ्य केन्द्रले उनको मृत्यू भएको घोषणा गरेको थियो ।
मृतकका आफन्त पर्ने सुरेश थापाले विरामी भएको जानकारी आयोजनाले समयमानै परिवारजनलाई नदिएको गुनासो गरे । ‘विरामी भएको सूचना बेलैमा पाएको भए हामी हेलिकप्टर मगाएर भएपनि उपचारको प्रयत्न गर्ने थियौं ’ थापाले भने – उहाँको बेलामा उपचार गर्न नपाएर मृत्यू भयो । बेहोस भएर ढलेपछि उनलाई ट्याङकरमा हालेर सोलुको किन्जा पठाइएको थियो ।
मृतक कटुवालकी ढेड महिनाको सुत्केरी पत्नि संगिता थापा कटुवाल उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र बालबच्चाको पठनपाठनको ३ बुदे माग सहित किन्जामा वसेकी छिन् । स्वास्थ्य चौकीमा रहेको पतिको सव वुझ्न संगिताले मारिहेकी छैनन् । परिवार जनले कम्तिमा २० लाख क्षतिपूर्ति सहितको माग अघी सारेको तर आयोजनाले उक्त माग पुरा गर्न नसक्ने जनाएको छ । मृतकका डेढ महिनाको सहित ४ बालबच्चा रहेका छन् ।
आयोजनाका साईड ईन्चार्ज ईन्द्रजित कार्कीका अनुसार व्यवस्थापन पक्षको शुक्रबार काठमाण्डौंमा भएको बैठकले मृतकका आफन्तलाई काजक्रिया खर्च ५ लाख उपलव्ध गराउने र अन्य कुनै पनि शर्त पुरा गर्न नसक्ने निर्णय गरेको जानकारी साईड कार्यालयलाई गराएको छ । परिवारजनलाई रोजगारी , लालनपालन र शिक्षाको कुरा गर्न नसक्ने आयोजनाले प्रष्ट पारेको कार्कीले वताए । तर परिवारजन भने आयोजनाले कम्तिमा २० लाख दिनु पर्ने मागका सम्बन्धमा टसमस भएको छैन । ‘मर्ने मर्यो तर ४ जना बालबच्चाको भविश्य प्रति आयोजनाले गम्भिर वन्नुपर्छ भन्ने हाम्रो कुरा हा’े थापाले भने ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीले मृतकको शव ३ दिन देखि किन्जामा अलपत्र परेको वताए । पराजुलीले दुवै पक्षको अडान छोडेर सहमतिमा ल्याउन र शव वुझाउनका लागि रामेछाप र सोलु तर्फबाट पहल भइरहेको समेत वताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस