लिखु १ जलविद्युत आयोजना
क्षतिपूर्तिको कुरा नमिल्दा ३ दिन देखि शव अलपत्र
रामेछाप । कामको सिलसिलामा मृत्यू भएका मजदुरका परिवारलाई क्षतिपूर्ति र रोजगारी लगाएतको माग पुरा नहुदा लिखु जलविद्युत आयोजनामा कार्यरत मजदुरको शव ३ दिन देखि किन्जामा अलपत्र परेको छ । आफन्तले ३ दिन देखि मृतकको शव वुझ्न मानेका छैनन् ।
दुगड समूहबाट निर्माणाधिन लिखु १ जलविद्युत आयोजनामा कार्यरत सवारी चालक रामेछाप जिल्ला उमाकुण्ड ३ कुभुकास्थलीका ४१ बर्षिय उद्योग वहादुर कटुवालको विहिबार काममै रहेको बेला मृत्यू भएको थियो । गाडि पुछ्ने क्रममा वेहोस भएपछि उनलाई उपचारका लागि आयोजनाबाट संचालित किन्जा स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचार शुरु नगर्दै स्वास्थ्य केन्द्रले उनको मृत्यू भएको घोषणा गरेको थियो ।
मृतकका आफन्त पर्ने सुरेश थापाले विरामी भएको जानकारी आयोजनाले समयमानै परिवारजनलाई नदिएको गुनासो गरे । ‘विरामी भएको सूचना बेलैमा पाएको भए हामी हेलिकप्टर मगाएर भएपनि उपचारको प्रयत्न गर्ने थियौं ’ थापाले भने – उहाँको बेलामा उपचार गर्न नपाएर मृत्यू भयो । बेहोस भएर ढलेपछि उनलाई ट्याङकरमा हालेर सोलुको किन्जा पठाइएको थियो ।
मृतक कटुवालकी ढेड महिनाको सुत्केरी पत्नि संगिता थापा कटुवाल उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र बालबच्चाको पठनपाठनको ३ बुदे माग सहित किन्जामा वसेकी छिन् । स्वास्थ्य चौकीमा रहेको पतिको सव वुझ्न संगिताले मारिहेकी छैनन् । परिवार जनले कम्तिमा २० लाख क्षतिपूर्ति सहितको माग अघी सारेको तर आयोजनाले उक्त माग पुरा गर्न नसक्ने जनाएको छ । मृतकका डेढ महिनाको सहित ४ बालबच्चा रहेका छन् ।
आयोजनाका साईड ईन्चार्ज ईन्द्रजित कार्कीका अनुसार व्यवस्थापन पक्षको शुक्रबार काठमाण्डौंमा भएको बैठकले मृतकका आफन्तलाई काजक्रिया खर्च ५ लाख उपलव्ध गराउने र अन्य कुनै पनि शर्त पुरा गर्न नसक्ने निर्णय गरेको जानकारी साईड कार्यालयलाई गराएको छ । परिवारजनलाई रोजगारी , लालनपालन र शिक्षाको कुरा गर्न नसक्ने आयोजनाले प्रष्ट पारेको कार्कीले वताए । तर परिवारजन भने आयोजनाले कम्तिमा २० लाख दिनु पर्ने मागका सम्बन्धमा टसमस भएको छैन । ‘मर्ने मर्यो तर ४ जना बालबच्चाको भविश्य प्रति आयोजनाले गम्भिर वन्नुपर्छ भन्ने हाम्रो कुरा हा’े थापाले भने ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीले मृतकको शव ३ दिन देखि किन्जामा अलपत्र परेको वताए । पराजुलीले दुवै पक्षको अडान छोडेर सहमतिमा ल्याउन र शव वुझाउनका लागि रामेछाप र सोलु तर्फबाट पहल भइरहेको समेत वताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस