महसुल नबुझाउनेको धारा काटिदै

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता समितिले बर्षौ देखि पानीको महसुल नतिर्नेको लाईन काट्ने भएको छ ।
व्यवस्थापक जगदीश सुवेदीका अनुसार पटक पटक धारा जडान गर्ने ग्राहकलाई पानीको महसुल बुझाउन आग्रह गर्दा पनि महसुल वुझाउन नआएकोले धारा काटने निर्णयमा समिति पुगेको हो । महसुल भुक्तान हुन बांकी सवैभन्दा बढी आकाशे क्षेत्रमा छ । खानेपानीको बैकल्पिक व्यवस्था भएका क्षेत्रमा समितिको महसुल वुझाउनका लागि सदस्यले आनाकानी गरेका छन् । आकाशेमा ट्यूवेल र अन्य समितिले समेत पानी वितरण गरेका छन् ।
समितिले मन्थलीमा १ हजार भन्दा धेरै धारा मार्फत दैनिक खानेपानीको वितरण गर्दै आएको छ । यसैविच समितिले ग्राहकहरुको सुविधाका लागि हालसालै मोवाईल बैंकिङबाट समेत महसुल वुझाउन सक्ने गरी व्यवस्था गरेको छ । पानी महसुल वुझाउनका लागि अव कार्यालयमा धाउनु पर्दैन सुवेदीले भने आफ्नो ग्राहक नम्बर र कोड हानेर घरैबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस