महसुल नबुझाउनेको धारा काटिदै
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता समितिले बर्षौ देखि पानीको महसुल नतिर्नेको लाईन काट्ने भएको छ ।
व्यवस्थापक जगदीश सुवेदीका अनुसार पटक पटक धारा जडान गर्ने ग्राहकलाई पानीको महसुल बुझाउन आग्रह गर्दा पनि महसुल वुझाउन नआएकोले धारा काटने निर्णयमा समिति पुगेको हो । महसुल भुक्तान हुन बांकी सवैभन्दा बढी आकाशे क्षेत्रमा छ । खानेपानीको बैकल्पिक व्यवस्था भएका क्षेत्रमा समितिको महसुल वुझाउनका लागि सदस्यले आनाकानी गरेका छन् । आकाशेमा ट्यूवेल र अन्य समितिले समेत पानी वितरण गरेका छन् ।
समितिले मन्थलीमा १ हजार भन्दा धेरै धारा मार्फत दैनिक खानेपानीको वितरण गर्दै आएको छ । यसैविच समितिले ग्राहकहरुको सुविधाका लागि हालसालै मोवाईल बैंकिङबाट समेत महसुल वुझाउन सक्ने गरी व्यवस्था गरेको छ । पानी महसुल वुझाउनका लागि अव कार्यालयमा धाउनु पर्दैन सुवेदीले भने आफ्नो ग्राहक नम्बर र कोड हानेर घरैबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस