भूकम्प पिडितले अनुदान पाएनन

रामेछाप । सरकारले भूकम्प पिडितको अनुदानको पैसा रोक्दा रामेछापका सयौं सर्वसाधारणले घर पुननिर्माण गरे वापतको अनुदान पाएका छैनन् । चालु आर्थिक बर्षमा जिल्लामा कुनै पनि भूकम्प पिडितले अनुदान लिन पाएका छैनन् ।
घर वनाएको एक बर्ष भयो । २०७२ सालको विनाशकारी भूकम्पले लडाएको घर पुननिर्माण गरेपनि राज्यबाट पाउनु पर्ने अनुदानको रकम नपाएको गुनासो मन्थली ६ कि सीता साईले गरेकी छिन् ।
पहिले मर्मत गर्ने घरको सूचिमा परेको उनको घर जगै सम्म लडेको थियो । पछि लाभग्राहि सूचिमा परिवर्तन भएर पुननिर्माण गर्नेमा प¥यो । उनले ऋण गरेर घर वनाईन । अहिले सम्म ऋण तिर्न सकेकी छैनन् । ‘अहिले आउला भरे आउला भनेर आशा गरेको एक बर्ष वित्यो ’ साई भन्छिन् – सदरमुकाम मात्रै ६ पटक पुगिसके । कार्यालयमा पुग्दा पैसा आएको छैन भन्ने जानकारी मात्र पाउछु ।
विनासकारी भूकम्पबाट बसोवास गर्दै आएको घर क्ष्ँतिग्रस्त भएपछि पुननिर्माण गर्नुपर्ने सूचिमा परेका पिडितले ३ लाख अनुदान पाउने व्यवस्था पुननिर्माण ऐनले गरेको छ । सरकारले पुननिर्माण र पुनस्र्थापनाका लागि खडा गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण खारेज भएपनि उक्त कार्य शहरी विकास मन्त्रालय मार्फत गर्दै आएको थियो । असार पछि भूकम्प पिडितलाई अनुदान वापतको पैसा दिएको छैन ।
शहरी विकास मन्त्रालय अन्तरगत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले पुननिर्माण गरीएका घर लाई अनुदान दिन आवश्यक पर्ने बजेटको माग गरेर अर्थ मन्त्रालयमा फाईल पठाएको थियो । सुरुमा निर्वाचन आचार संहिताले अनुदान वितरणको फाईल अघी बढेन । निर्वाचन सकिएको ३ महिना पुग्दा पनि अर्थको फाईल फर्केको छैन ।
जिल्लामा रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाले भुक्तानी दिनु पर्ने घरको अनुगमन निरीक्षण गरी सकेको छ । ‘हामीले पुननिर्माण भएका घरको प्राविधिक बाट अनुगमन निरीक्षण लगाएतको काम सकेका छौं’ आयोजनाका प्रमुख सुुरेश कुमार वाग्लेले भने – पैसा हुना साथ वितरण गर्छौं ।
गाउ“मा पुगेका प्राविधिक निरीक्षण गरेर फर्केपछि सर्वसाधारणले पैसा खोज्न थालिहाल्छन् । भुक्तानी बारेमा वुज्नका लागि हरेक दिन कार्यालयमा आउने निराश भएर फर्केका छन् ।
‘राज्यले हुन्छ पनि भन्ने अनि अन्यौल पनि गराई राख्ने यो कार्य भएन ’ रामेछाप नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रवहादुर श्रेष्ठले भने – मेरो वडामा २ जनाले अनुदान पाएका छैनन् । उनिहरुले हैरान पारीसके । नागरिकले अनुदानका लागि वडा कार्यालयमा धाउन थालेपछि जनप्रतिनिधिहरु समेत जिल्ला सदरमुकाम आउदा अनुदानको बारेमा दवाव दिन थालिकेका छन् । हरेक दिन कुनै न कुनै वडाका जनप्रतिनिधि अनुदानका लागि आयोजनामा आउने र फर्कने गर्छन् ।
रामेछाप जिल्लामा २०७२ को विनासकारी भूकम्पले झण्डै ५९ हजार घर क्षतिग्रस्त पारेका थियो । ति मध्ये ५८ हजार भन्दा बढी अनुदान पाउने सूचिमा परेका थिए । उक्त सूचिमा परेका मध्ये करिव ९७ प्रतिशतले अनुदान पाईसकेका छन् । पुननिर्माण लाभग्राहि ( घर मर्मत गरेपछि १ लाख पाउने ) बाट पुर्णलाभग्राहिमा परिवर्तन भएका ( पुननिर्माण गरेपछि ३ लाख पाउने ) र पुनरावेदन समितिले फैसला गरी पछि लाभग्राहि कायम भएका भने अनुदान पाउन अझै बांकी रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस