सिवालयमा शिवमहापुराण
रामेछाप । हिन्दु धर्मबालम्वीहरुको पवित्र तिर्थस्थलको रुपमा रहेको भगवान शिवका १२ ज्योेतिर्लिङ्ग मध्येको एक रामेछापको घुस्मेश्वर सिवालय मन्दिरमा एकादसदिवसीय श्रीमद्शिव महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
भगवान शिवका नेपालमै १२ ज्योतिर्लिङ्ग भएको दावि गर्दै त्यसको प्रचार र विकास गराउनका लागि उक्त शिव महापुराणको आयोजना गरिएको हो । उक्त महापुराणमा नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले धार्मिक प्रवचन दिदै आउनु भएको छ । उहाँले नेपालमै शिवका १२ वटा ज्योतिर्लिङ्ग रहेको दावि गर्दै हिन्दु हरुले महादेव शिवको दर्शनका लागि भारतका विभिन्न स्थानमा धाउनु नपर्ने वताउदै आउनु भएको छ ।
गोकुलगंगा १ चुचुरेमा रहेको उक्त मन्दिर परिसरमा आयोजित शिवमहापुराणमा देवाचार्य पुरुषोत्तम सापकोटा लगाएतका पण्डितहरुबाट श्रीमद्भभागवतको कथा श्रवण भइरहेको अध्यक्ष पुण्यवहादुर कार्कीले वताए । उक्त एकादसदिवसीय शिव महापुराणमा सयौं श्रद्धालुभक्तजनले कथा श्रवण गर्नुको साथै स्वच्छिक दान गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस