सिवालयमा शिवमहापुराण

रामेछाप । हिन्दु धर्मबालम्वीहरुको पवित्र तिर्थस्थलको रुपमा रहेको भगवान शिवका १२ ज्योेतिर्लिङ्ग मध्येको एक रामेछापको घुस्मेश्वर सिवालय मन्दिरमा एकादसदिवसीय श्रीमद्शिव महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
भगवान शिवका नेपालमै १२ ज्योतिर्लिङ्ग भएको दावि गर्दै त्यसको प्रचार र विकास गराउनका लागि उक्त शिव महापुराणको आयोजना गरिएको हो । उक्त महापुराणमा नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले धार्मिक प्रवचन दिदै आउनु भएको छ । उहाँले नेपालमै शिवका १२ वटा ज्योतिर्लिङ्ग रहेको दावि गर्दै हिन्दु हरुले महादेव शिवको दर्शनका लागि भारतका विभिन्न स्थानमा धाउनु नपर्ने वताउदै आउनु भएको छ ।
गोकुलगंगा १ चुचुरेमा रहेको उक्त मन्दिर परिसरमा आयोजित शिवमहापुराणमा देवाचार्य पुरुषोत्तम सापकोटा लगाएतका पण्डितहरुबाट श्रीमद्भभागवतको कथा श्रवण भइरहेको अध्यक्ष पुण्यवहादुर कार्कीले वताए । उक्त एकादसदिवसीय शिव महापुराणमा सयौं श्रद्धालुभक्तजनले कथा श्रवण गर्नुको साथै स्वच्छिक दान गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस