सन्दिप लामिछाने २० लाख धराैटीमा रिहा
काठमाडौं- सन्दिप लामिछानेलाइ २० लाख धराैटीमा रिहा गर्न भएका छन् । बिहीबार लामिछानेलाई २० लाख धराैटी सहित तारिखमा छाड्न उच्च अदालत पाटनकाे इजलासले आदेश दिएको हाे ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएकाे अदालतका सूचना अधिकारी दिनेश पाैडेलले जानकारी दिए ।
सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए । बहसमा उपस्थित कानुन व्यवसायीहरूले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनामा राख्ने आदेश बेरितको रहेको जिकिर लिएका थिए । जाहरेवालाको बयानको आधारमा मात्र सन्दीपलाई थुनामा राख्न नहुने उनीहरूको तर्क थियो ।
त्यस्तै जाहरेवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकिलेले बहस गरेका हुन् ।
दुवै पक्षको बहसपछि इजलासले यश अघि जिल्ला अदालत काठमाडौंको आदेश बेरितको रहेको भन्दै सो आदेश उल्ट्याएको हो । नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो । साथै इजलासलाई सन्दीपको मानसिक अवस्था बिग्रिँदै गएको व्यवसायीले जानकारी दिएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस