लुटपाट गरेकाे आराेपमा सुनापतिका तामाङ पक्राउ

रामेछाप- सुनापति गाउपालिका ३ घर भएका २४ वर्षिय साेमबादुर तामाङलाई तुटपाट गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।

मंगलबार दिउसाे खाडादेवी ७ बतासेकी ३५ वर्षिय सीता मगर घरमा ढाेका बन्द गर्दै गर्दा अचानक अपरिचित पुरुषले दुबै कानमा लगाएकाे सुनकाे रिङ् लुटेर लगेकाे भनी मगरले प्रहरीलाई खबर गरेकी थिइन । साेही सुचनाकाे आधारमा लुटपाट गरेर भागेका तामाङलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
प्रहरीकाे बिशेष सुत्रका आधारमा खाेजतलास गर्दा तामाङलाई सुन जस्ताे देखिने दुई थान रिङ सहित सनापति २ फलामेपाेखरीकाे सामुदायिक वनबाट प्रहरीले प्रकाउ गरेकाे हाे । तामाङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस