रामेछाप जेसिजकाे अध्यक्षमा बस्नेत

रामेछाप – रामेछाप जेसिज २०२३ का लागि अध्यक्षमा रामकुमार बस्नेत चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न भएकाे रामेछाप जेसिजकाे आठाै जिल्ला अधिवेशनले सर्वसम्मत अध्यक्षमा बस्नेत चयन भएका हुन ।

नवनिर्वाचित अध्यक्ष बस्नेत रामेछाप जेसिजका सस्थापक सदस्य हुन् । बस्नेतले यसअघि रामेछाप जेसिजमा उपाध्यक्ष ,काेषाध्यक्ष, महासचिव , कार्यकारी उपाध्यक्ष हुँदै कानुनी सल्लाहकार समेतकाे भुमिका निर्वाह गरेका थिए ।
त्यसैगरि कार्यकारिणी उपाध्यक्षमा यादव केसि र विमल पाैडेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा भरत श्रेष्ठ ,जाेनी खड्का , सुमन खड्का र राजन कार्की सर्वसम्मत चयन भएका छन् ।
यसैगरि बाकी पदाधिकारीहरु भने नवनिर्वाचित अध्यक्षबाट मनाेनित गर्न बाकी रहेकाे निर्वाचन अधिकृत रामेछाप जेसिजका सस्थापक जनक लामाले जानकारी दिएका छन् ।
रामेछाप जेसिज सन् २०१४ मा युवाहरुकाे व्यक्तित्व र नेतृत्व विकास गर्ने हेतुले रामेछापमा स्थापना भएकाे थियाे । नेपाल जेसिजले देशभर १७४ भन्दा बढी शाखाहरु विस्तार भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस