कानुन कार्यन्वयनमा राजनितीक प्रभाव पर्न दिन्न : डिएसपी पराजुली
रामेछाप – रामेछाप जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले कानुन कार्यन्वयनका राजनितीक दलकाे प्रभाव पर्न नदिने बताएका छन् ।
रामेछाप जिल्लामा प्रहरी प्रमुखकाे रुपमा काज सरुवामा आएका पराजुली आइतबार पत्रकारसँगकाे भेटघाटका क्रममा कसैकाे प्रभावमा नपरी कानुनकाे कार्यन्वयनमा लाग्ने बताए । त्यसैगरि सभ्य समाज निर्माणका लागि प्रहरी र पत्रकार एकअर्काको सहयाेगी हुने भएकाले सहकार्य गरेर अघि बढ्ने समेत बताए । पराजुलीले भने सुचनानै अनुसन्धानकाे पहिलाे स्राेत भएकाे हुदा प्रहरीका लागि पत्रकारसँगकाे सहकार्य अपरिहार्य रहेका बताएका हुन ।
कार्यक्रममा सहभागी पत्रकारहरुले रामेछाप जिल्लामा देखा परेका मुख्य – मुख्य समास्याहरु र सुधार्नु पर्ने कुरा तथा प्रहरीले प्राथमिकता राखेर काम गर्नुपर्ने विषयबस्तुहरुमा सुझाव दिएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस