रामेछापको जुनार सिन्धुलीको भन्दै बिक्री भईरहेको किसानको गुनासो

रामेछाप -रामेछाप जिल्लाको जुनार सिन्धुलीको भनेर बिक्री भइरहेको भन्दै जुनार किसानले गुनासो गरेका छन् । रामेछाप ६ आख्रेनीका जुनार किसानले रामेछापको जुनारलाइ सिन्धुलीको बजारमा सिन्धुलीको जुनार भनेर बिक्री गरिरहेको आरोप लगाएका हुन ।
रामेछाप नगरपालिका ६ आख्रेनीको गाइटारमा लामो समयदेखी जुनार खेति गर्दै आएका किसान धन बहादुर तामाङले गाइटारमा फलेको जुनार सिन्धुलीको विभिन्न बजार केन्द्रमा सिन्धुलीको जुनार भनेर बिक्री गरेको आरोप लगाए । रामेछापमा उत्पादन भएका जुनारको मूख्य बजार नै सिन्धुलीको खुर्कौट र सिन्धुलीको विभिन्न बजार केन्द्रहरु भएको बताउदै अर्का जुनार किसान टोप बहादुर लामाले भने रामेछापको जुनार भनेर चिनाउन नसकेकै कारण व्यापारीले रामेछापको जुनारलाइ सहजै सिन्धुलीको भनेर विक्र गरेको बताए । त्यसैगरि रामेछापको जुनार भनेर प्रचार नभएका कारण पनि उत्पादन रामेछापको प्रचार सिन्धुली भएको जनार किसान हिमाल तामाङले गुनासो गरे ।
त्यसैगरि प्रधानमन्त्रि कृषी आधुनिकिकरण परियोजना इकाई रामेछाप प्रमुख थिरलाल गैरेले रामेछापको जुनार गुणस्तरी भएको बताए । गैरेले भने रामेछापको जुनार विश्व बजारमा लान सकिने खालको गुणूतरीय छ , तर रामेछापको जुनार भनेर चिनाउन र गुणस्तर मापन गरेर प्याकेजिङ गर्न नसक्दा बजारमा गलत प्रचार भएको हुनसक्ने बताए । त्यसका लागि परियोजनाले जुनारको प्याकेजिङ र प्रचारका लागि सहयोग गर्ने बताए । त्यस्तै जुनारलाइ बेमौसौममा पनि बिक्री गरेर प्रयाप्त आम्दानीका लागि चिस्यान केन्द्र समेत निर्माण गरिसकेको प्रमु्ख गैरेले जानकारी दिए ।
रामेछाप नगरपालीका ६ आख्रेनीमा ४० –५० घरधुरी भन्दा बढी किसानले जुनारखेतीबाट नै जिविकोपार्जन गर्ने गरेका छन् । त्यहाका किसानले जुनार बिक्री गरेरै ५० हजार देखि १५ लाख सम्म आम्दानी गर्ने गरेकाछन । गुणस्तरीय जुनार सिजनका समयमा प्रति केजी ४५ देखी ८५ रुपैया सम्म विक्री हुने गर्दछ । ओख्रेनीका अधिकांश किसानले जुनार खेतिबाट नै गुजारा चलाउने गर्छन् ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस