रामेछापको जुनार सिन्धुलीको भन्दै बिक्री भईरहेको किसानको गुनासो
रामेछाप -रामेछाप जिल्लाको जुनार सिन्धुलीको भनेर बिक्री भइरहेको भन्दै जुनार किसानले गुनासो गरेका छन् । रामेछाप ६ आख्रेनीका जुनार किसानले रामेछापको जुनारलाइ सिन्धुलीको बजारमा सिन्धुलीको जुनार भनेर बिक्री गरिरहेको आरोप लगाएका हुन ।
रामेछाप नगरपालिका ६ आख्रेनीको गाइटारमा लामो समयदेखी जुनार खेति गर्दै आएका किसान धन बहादुर तामाङले गाइटारमा फलेको जुनार सिन्धुलीको विभिन्न बजार केन्द्रमा सिन्धुलीको जुनार भनेर बिक्री गरेको आरोप लगाए । रामेछापमा उत्पादन भएका जुनारको मूख्य बजार नै सिन्धुलीको खुर्कौट र सिन्धुलीको विभिन्न बजार केन्द्रहरु भएको बताउदै अर्का जुनार किसान टोप बहादुर लामाले भने रामेछापको जुनार भनेर चिनाउन नसकेकै कारण व्यापारीले रामेछापको जुनारलाइ सहजै सिन्धुलीको भनेर विक्र गरेको बताए । त्यसैगरि रामेछापको जुनार भनेर प्रचार नभएका कारण पनि उत्पादन रामेछापको प्रचार सिन्धुली भएको जनार किसान हिमाल तामाङले गुनासो गरे ।
त्यसैगरि प्रधानमन्त्रि कृषी आधुनिकिकरण परियोजना इकाई रामेछाप प्रमुख थिरलाल गैरेले रामेछापको जुनार गुणस्तरी भएको बताए । गैरेले भने रामेछापको जुनार विश्व बजारमा लान सकिने खालको गुणूतरीय छ , तर रामेछापको जुनार भनेर चिनाउन र गुणस्तर मापन गरेर प्याकेजिङ गर्न नसक्दा बजारमा गलत प्रचार भएको हुनसक्ने बताए । त्यसका लागि परियोजनाले जुनारको प्याकेजिङ र प्रचारका लागि सहयोग गर्ने बताए । त्यस्तै जुनारलाइ बेमौसौममा पनि बिक्री गरेर प्रयाप्त आम्दानीका लागि चिस्यान केन्द्र समेत निर्माण गरिसकेको प्रमु्ख गैरेले जानकारी दिए ।
रामेछाप नगरपालीका ६ आख्रेनीमा ४० –५० घरधुरी भन्दा बढी किसानले जुनारखेतीबाट नै जिविकोपार्जन गर्ने गरेका छन् । त्यहाका किसानले जुनार बिक्री गरेरै ५० हजार देखि १५ लाख सम्म आम्दानी गर्ने गरेकाछन । गुणस्तरीय जुनार सिजनका समयमा प्रति केजी ४५ देखी ८५ रुपैया सम्म विक्री हुने गर्दछ । ओख्रेनीका अधिकांश किसानले जुनार खेतिबाट नै गुजारा चलाउने गर्छन् ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस