कृयापुत्रीद्वारा मतदान

दाेलखाकाे कालिन्चाेक गाउपालिकामा कृयापुत्रीले मतदान गरेका छन् । कालिन्चाेक ८ सुनखानीमा कृयापुत्री बसिरहेका रामहरि सिवाकोटीले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन ।

यहि कात्तिक २९ गते ८६ वर्षका पिता बिष्णुकान्त सिवाकोटीकाे काजकिरियाका लागि कृयापुत्रि बसेका छाेरा रामहरि सिवाकोटीले निर्वाचन आयाेगद्वारा आज सम्मपन्न प्रतिनिधि सभा तथम प्रदेश सभा सदस्यकाे निर्वाचनमा मतदान गरेका छन् । कालिन्चाेक ८ सुनखानिकाे कालिनाग मावि मतदान केन्द्रमा पुगेर मतदान सिवाकोटीले बताए ।
मतदान पछि सिवाकोटीले भने पिताकाे मृत्युकाे शाेकमा भएपनि ५ वर्षमा एकपटक प्रतिनिधि तथा प्रदेस सभा सदस्यलाई मतदान गरि मनपरेकाे उम्मेदवार छान्न पाउने अवसरलाई गुमाउन मन नलागेकाे बताए । उनले भने नेपालकाे संविधान २०७२ अनुसार मतदान गर्न पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले सबैले सहि तरिकाबाट मताधिकार प्रयाेग गर्नुपर्ने समेत बताए ।
सिवाकोटी दाेलखा युवा खेलकुद समितिकाे अध्यक्ष हुन
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस