मदिरा सेवन गरेर हाेहल्ला गरेपछि सहायक मतदान अधिकृत प्रहरी निर्यन्त्रणमा

रामेछाप – मदिरा सेवन गरेर हाेहल्ला गरेपछि मन्थली नगरपालिका ५ सुनारपानिकाे भैरवि मावि मतदान केन्द्रका सहायक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मंसिर ४ गतेकाे निर्वाचनका लागि मन्थली नगरपालिका वडा नं ५ सुनारपानीकाे भैरवी मा.वि काे (ग ) मतदान केन्द्र का लागि खटिएका सहायक मतदान अधिकृत मुन बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेर मातेका थापाले मतदान केन्द्रमा हाेहल्ला गरेर पछि प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरक्षक राजु ढकालले जानकारी दिएका छन् ।
सहायक मतदान अधिकृत थापालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको सुचना अधिकारी ढकालले जानकारी दिए । पक्राउ परेका सहायक मतदान अधिकृत थापा पकरबास प्रा.वि.का शिक्षक हुन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस