नियोगद्धारा पर्यवक्षकलाइ अभिमुखिकरण
रामेछाप -मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनकाे पर्यवेक्षणका लागि नियाेग रामेछापले पर्यवक्षकहरुलाइ परिवेक्षण सम्बन्धि अभिमूखीकरण कार्यक्रम गरेकाे छ । सोमबार नियोगले रामेछापका १८ जना पर्यवक्षकहरुलाइ अभिमुखीकरण गरेकाे हाे ।
रामेछापको विभिन्न मतदान केन्द्रहरुमा परिवेक्षण गर्ने गरि नियोग रामेछापका परिवक्षणका लागि खटिने पर्यवेक्षकलाई मन्थलीमा अभिमुखीकरण कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा मतदान स्थलमा हुने मतदान प्रक्रियाका क्रममा विभिन्न पक्षहरुले पालना गर्नुपर्ने आचारसंहिताको अवलोकन गर्न र मतदान स्थलको अवस्था तथा गतिविधिका बारेमा नियोगलाइ जानकारी गराउनका लागि पर्यवेक्षककाे भुमिकाका विषयहरुमा पर्यवेक्षकहरुलाइ अभिमुखीकरण तथा तालिम दिइएको नियोगका जिल्ला अध्यक्ष बद्रि नयाँघरेले जानकारी दिएका छन् ।
कार्यक्रममा मतदान स्थलमा मतदान पक्रियाका बेला पर्यवेक्षकले अवलोकन गर्नुपर्ने विषयहरुमा जानकारी गराइएको थियो , त्यसैगरि अवलोकनका क्रममा देखिएकाे वस्तु स्थितिका बारेमा जस्ताको तस्तै इन्टरनेको सहयोगमा मोवाइल मार्फत नियोगकाे केन्द्रीय कार्यालयलाई तत्काल मतदान स्थलबाट जानकारी गराउन तरिका नियोगका जिल्ला उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिएका थिए ।
यसरी मतदान स्थलबाट नै पर्यवेक्षकले आधुनिक प्रविधिको प्रयाेग गरेर पहिलाे पटक पर्यवेक्षकले नियोगलाइ तत्काल
जानकारी दिन लागेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस