नियोगद्धारा पर्यवक्षकलाइ अभिमुखिकरण

रामेछाप -मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनकाे पर्यवेक्षणका लागि नियाेग रामेछापले पर्यवक्षकहरुलाइ परिवेक्षण सम्बन्धि अभिमूखीकरण कार्यक्रम गरेकाे छ । सोमबार नियोगले रामेछापका १८ जना पर्यवक्षकहरुलाइ अभिमुखीकरण गरेकाे हाे ।

रामेछापको विभिन्न मतदान केन्द्रहरुमा परिवेक्षण गर्ने गरि नियोग रामेछापका परिवक्षणका लागि खटिने पर्यवेक्षकलाई मन्थलीमा अभिमुखीकरण कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा मतदान स्थलमा हुने मतदान प्रक्रियाका क्रममा विभिन्न पक्षहरुले पालना गर्नुपर्ने आचारसंहिताको अवलोकन गर्न र मतदान स्थलको अवस्था तथा गतिविधिका बारेमा नियोगलाइ जानकारी गराउनका लागि पर्यवेक्षककाे भुमिकाका विषयहरुमा पर्यवेक्षकहरुलाइ अभिमुखीकरण तथा तालिम दिइएको नियोगका जिल्ला अध्यक्ष बद्रि नयाँघरेले जानकारी दिएका छन् ।
कार्यक्रममा मतदान स्थलमा मतदान पक्रियाका बेला पर्यवेक्षकले अवलोकन गर्नुपर्ने विषयहरुमा जानकारी गराइएको थियो , त्यसैगरि अवलोकनका क्रममा देखिएकाे वस्तु स्थितिका बारेमा जस्ताको तस्तै इन्टरनेको सहयोगमा मोवाइल मार्फत नियोगकाे केन्द्रीय कार्यालयलाई तत्काल मतदान स्थलबाट जानकारी गराउन तरिका नियोगका जिल्ला उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिएका थिए ।
यसरी मतदान स्थलबाट नै पर्यवेक्षकले आधुनिक प्रविधिको प्रयाेग गरेर पहिलाे पटक पर्यवेक्षकले नियोगलाइ तत्काल
जानकारी दिन लागेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस