भुकम्पमा परि डाेटीमा ६ काे मृत्यु , ९ घाइते

डाेटी – गए राती डाेटीकाे खप्तड राष्ट्रिय जिकुञ्ज क्षेत्रमा केन्द्र भएर गएकाे भुकम्पमा परि ६ जनाकाे मृत्युु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार विहान २ः१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्र बनाएर आएको ६ दशमलब ६ म्याग्नीच्युडको भूकम्पमा परि पूर्वी चौकी गाउँपालिका वडा नं ३ डोटीका ४ महिला सहित ६ जनाको मृत्यु भएको छ । त्यसैगरि साेहि स्थानका ६ महिला सहित ९ जना घाइते भएका छन् ।
भुकम्पबाट १० वटा घर पूर्णरुपमा क्षति पुगेकाे सरकारले जनाएकाे छ । ।
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया दिनुहोस