अब वडाबाटै राष्ट्रिय पारिचयपत्र बनाउन सकिने

रामेछाप — रामेछाप जिल्लामा शुक्रबारदेखि वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त अभियान सुरु गरेको हो ।
शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक तीर्थराज भट्टराईले अभियान अन्तर्गत जिल्लाका ६४ वटै वडा र जिल्ला प्रशासन कार्यालयमा विषेश टोली परिचालन गरेर अभियान सुरु गरेकाे बताए ।
एउटा वडामा बढीमा १५ दिनभित्र अधिकांश नागरिकको राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने काम हुने र त्यसका लागि एकै साथ ३५ वटा टोली परिचालन गर्ने तयारी भएको महानिर्देशक भट्टराईले जानकारी दिए ।
वडा केन्द्र वा पालिकाले तय गरेको स्थानमा रहेर टोलीले काम गर्ने बताइएको छ । एउटा वडाको अधिकांशको परिचयपत्रको फोटो खिचाउने काम सकेपछि टोली अर्को स्थानमा पुग्ने उनले जानकारी दिए । भट्टराईले जिल्लामा करिब ३ महिनाको अवधिमा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने, सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको काम हुने उनले बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले राष्ट्रिय परिचयपत्र बनाउनका लागि हुने गरेको भीड अन्त्य गर्न विभागसँगको सहकार्यमा अभियान संचालन गर्न लागिएको जानकारी दिए । अभियानको क्रममा आउने सानातिना समस्या समाधान लागि जनप्रतिनिधि र स्थानीयकाे सहयोगकाे अपेक्षा गरेकाे बताए ।
विभागले हालसम्म देशभर करिब १ करोड नागरिकको विववरण संकलन गरिसकेको छ । विभागका निर्देशक कृष्ण पौडेलका अनुसार ४१ जिल्लामा परिचयपत्रको काम सकिएको र १३ जिल्लामा संचालन भइरहेको छ।
विभागले परिचयपत्रका लागि फोटो खिचाए पनि हालसम्म कार्ड वितरण भने गरेको छैन । पौडेलका अनुसार ३० लाख कार्ड आइपुगेकोले अब विभागले वितरणको समेत तयारी गरिरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस