सवारी चालककाे अाँखा परिक्षण
रामेछाप – जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पुष्पलाल लाेकमार्ग अन्तर्गत दाेलखा , मन्थली हुँदै खुर्काेट सम्म गुड्ने सवारी साधनका चालकहरुकाे मन्थलीमा अाँखा परिक्षण गराएकाे छ ।
शनिबार उक्त सडकमा चल्ने साना ठुला सवारीसाधन गरि ४५ जना चालककाे अाखाँ परिक्षण गरिएकाे हाे ।
प्रहरी साझेदारी कार्यक्रम कार्यक्रम अन्तर्गत शुभम पाेलिक्लिन डाइग्नाेस्टिक सेन्टरकाे प्राविधिक सहयाेगमा कुनै पनि सवारी चालककाे अाँखाकाे समस्याका कारण सवारी दुर्घटना हुनबाट बचाउने उद्देश्यले चालककाे अाँखा परिक्षण गरिएकाे जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख वरिष्ठ नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठले जानकारी दिएका छन् ।
सवारी चालककाे अाँखा बेला – बेलामा परिक्षण गराइ राखेमा अाँखाकाे समस्याका कारण सवारी दुर्घटनामा न्युनिकरण हुनबाट बच्न सकिने भएकाले चालककाे अाँखा परिक्षण गराएकाे प्रमुख श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस