सवारी चालककाे अाँखा परिक्षण

रामेछाप – जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पुष्पलाल लाेकमार्ग अन्तर्गत दाेलखा , मन्थली हुँदै खुर्काेट सम्म गुड्ने सवारी साधनका चालकहरुकाे मन्थलीमा अाँखा परिक्षण गराएकाे छ ।

शनिबार उक्त सडकमा चल्ने साना ठुला सवारीसाधन गरि ४५ जना चालककाे अाखाँ परिक्षण गरिएकाे हाे ।
प्रहरी साझेदारी कार्यक्रम कार्यक्रम अन्तर्गत शुभम पाेलिक्लिन डाइग्नाेस्टिक सेन्टरकाे प्राविधिक सहयाेगमा कुनै पनि सवारी चालककाे अाँखाकाे समस्याका कारण सवारी दुर्घटना हुनबाट बचाउने उद्देश्यले चालककाे अाँखा परिक्षण गरिएकाे जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख वरिष्ठ नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठले जानकारी दिएका छन् ।
सवारी चालककाे अाँखा बेला – बेलामा परिक्षण गराइ राखेमा अाँखाकाे समस्याका कारण सवारी दुर्घटनामा न्युनिकरण हुनबाट बच्न सकिने भएकाले चालककाे अाँखा परिक्षण गराएकाे प्रमुख श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस