पितृ खुसी नभएको झोंकमा हत्या
![](https://kosisnews.com/wp-content/uploads/2022/09/sitkha.jpg)
रामेछाप । पितृ खुसी नभएको भन्दै रामेछापको खॉडादेवि गाउंपालिका ३ भिरापानी सित्खामा स्थानीय माझी समुदायका युवा युवतिको कुटाईबाट ५५ बर्षिया विवी माझीको ज्यान गएको छ । कुटपिटबाट उनकी आमा सुनमाया माझी गम्भिर घाईते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतक करिव ५५ बर्षिया हुन । उन्की आमा ७० बर्षिया वृद्धा हुन । घाईते सुनमायाको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरीएको छ ।
प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार उक्त घटनामा सम्लग्न भएको आशंकामा ७ महिला सहित २२ जना लाई पक्राउ गरीएको छ । पक्राउ परेकाले पितृले मारेको भन्दै थप कुरा खोलेका छैनन् । सांस्कृतिक नाममा भएको उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न थिङ सहित प्रहरी अधिकारीहरु संचारकर्मी सहित सोमबार त्यसतर्फ लागेका छन् ।
सोह्रश्राद्धमा माझी समुदायले आफ्ना परालोक भएका पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउदा कसैको आङमा पितृ आउने कुरा माझी समुदायलाई विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन । कोहि काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । उनिहरु त्यसपछि घर आउछन् । भोलीपल्ट आदर सत्कार सहित एक दिन पितृ पाल्छन् र पर्सीपल्ट विहानै घाटमा लगेर आफ्नो विधिपूर्वक पितृ नदीमा बगाउछन् । नदीमा पितृ वगाएपछि सोह्रश्राद्ध सकिन्छ ।
यस प्रकारको कर्म गरेपछि पितृ खुसी हुने विश्वास छ । कम्पन आउनेहरु त्यसपछि काम्न छोड्छन् । तर यो बर्ष काम्न प्रकृया रोकिएन । शनिबार सोह्रश्राद्ध सकेका माझी समुदायका केहि युवा युवतिहरु पितृ वगाउदा अर्थात तिथि सकिदा पनि काम्न नछोडेपछि माझीहरुको निष्कर्ष रह्यो– यो बर्ष पितृ खुसी भएनन् ।
त्यसपछि गाउंकी विबी माझीका कारण पितृ खुसी नभएको अनुमान लगाएर काम्ने सहितका युवा युवतिहरु उनको घरमा पुगे । विवीको घरमा आमा छोरी मात्र थिए । गाउंलेले पहिले देखिनै विवीलाई बोक्सीको आरोप लगाउदै त्यहि अनुसारको व्यवहार गर्थे ।
काम्दै पुगेका युवा युवतिले विवीकै कारण पितृ खुसी नभएको भन्दै उनलाई कुटपिट गर्न थाले । अक्षताले हान्दै कुटपिट गरे । त्यहि बेलामा एउटा विरालो आईपुग्यो । माझीहरुलाई विरालोलाई काटे । विरालो काटे पछि पोलियो । उता विवी पनि मरिन । बोक्सी विरालोमा उत्रिएको र विरालो काटेपछि विवी मरेको निष्कर्ष त्यस बेला उनिहरुले निकाले ।
छोरी मरेपछि आमालाई घर अघीको ऑगनमा निकालियो । घर वरिपरी कोहि आउन दिइएन । घटनास्थल कव्जामा पारेर ७० बर्षिया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे । तर उद्धार गर्न सकेनन् । त्यसपछि प्रहरीलाई खवर गरियो । सुरुमा प्रहरीले पनि सकेन । दोश्रो प्रयासमा सादा पोसाकमा हतियार सहित पुगेको प्रहरीले सुनमायालाई उद्धार ग¥यो । घटना स्थलबाटै १८ जना नियन्त्रणमा लियो । सोमबार थप ४ जना नियन्त्रणमा लिई जिल्ला सदरमुकाम पु¥याइयो ।
तर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेका कुटपिटमा सम्लग्न भनिएका हरु भने उक्त घटनाका बारेमा आफुलाई थाहा नभएको वताउछन् । ‘पितृले कुटेर मारेको होला, हामीले हैन भन्छन् ’ थिङले भने – उनीहरुलाई पितृ आएको वेला केहि थाहा नहुने र उक्त घटना पनि थाहा नभएको भन्ने गर्छन ।
खॉडादेवि गाउ‘पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सांस्कृतिक चाड मान्दा अन्धविश्वासका कारण घटना भएको वताउछन् । ५।७ बर्ष अघी रामेछापकै लुघुघाटमा समेत यस प्रकारको घटना भएको सुनेको श्रेष्ठले वताए । उनले प्रहरीले अनुसन्धान अघी बढाएकोले केहि दिनमानै सत्य तथ्य आउने वताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
- २ विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल
- ३ प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
- ४ रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
- ५ लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
- ६ टिफरबाट खसेर घाइते युवककाे मृत्यु
- ७ मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
- ८ स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ
प्रतिक्रिया दिनुहोस