मन्थलीमा यात्रु सहायता कक्ष संचालनमा

रामेछाप – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रामेछापको सहकार्यमा मन्थली बजारकाे देवकोटा चाेक स्थित यात्रु सहायता कक्ष शुरु भएकाे छ । शुक्रबारबाट यात्रुहरुकाे गुनासाे तथा समस्या सम्बाेधन गर्ने गरि प्रहरीले सहायता कक्ष संचालनमा ल्याएकाे हाे ।

नजिकिदै गरेकाे चाडपर्वलाई मध्यनजर गर्दै यात्रुहरुकाे समस्या तथा गुनासाे सम्बाेधनमा लागि सहज बनाउन यात्रु सहायता कक्ष संचालनमा ल्याईएकाे प्रहरी जनाएकाे छ । चाडपर्वका समयमा यात्रुकाे चाप पढ्ने र दुर्घटना हुने , चाेरी हुने ,ठगी हुने लगाएकाे समस्या अाउने हुदा यात्रामा सहजिकरण गर्न र यात्रुकाे समस्या तत्काल सम्बाेधन गर्ने उद्देश्यले सहायता कक्ष संचालनमा ल्याएकाे रामेछापका ट्राफिक प्रहरी प्रमुख बरिस्ठ प्रहरी नायव निरिक्षक चन्द्र कुमार फजु श्रेष्ठले जानकारी दिएका छन् ।
चाडपर्वका बेला यात्रुहरुकाे चाप हुनेहुदा यातायात व्यवसायीले बढीभाडा लिने, यात्रुकाे सामान हराउने, चाेरी हुने र छुट्ने जस्ता समस्या हुने हुदा यात्रुले सहायता कक्षमा सिधै सम्पर्क गरेर प्रहरीबाट तत्काल सहयाेग लिन सक्ने प्रमुख श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस